आफ्नो पनि ख्याल राखौं

नारी संवाददाता

चैत्र १२, २०७३

 

अहिलेका महिलाले अफिसको जिम्मेवारी निर्वाह गर्नुका साथै घरमा श्रीमती, आमा, बुहारी भाउजू आदिको भूमिकासमेत निर्वाह गर्नुपर्छ । यी सबै भूमिका निर्वाह गर्दागर्दै महिलाले आफ्नो पीडा तथा स्वास्थ्यमा ध्यान दिन पाउँदेनन् जुन गलत हो । आफू स्वस्थ भए मात्र घरपरिवारका साथै अन्य भूमिका पनि सहज रूपमा निर्वाह गर्न सकिने कुरा सबैले बुझ्नु आवश्यक छ । 

 

मनमा कुरा नराख्ने 

स्वभावैले महिलाहरू भावुक हुन्छन् । कुनै पनि कुरा मनमा लिने बानीका कारण महिलाको मृत्यु 

हर्टएट्याकले बढी हुन्छ । फ्लोरिडामा भएको अध्ययनअनुसार हर्टएट्याकबाट १० प्रतिशत पुरुषको मृत्यु हुन्छ भने महिलाको मृत्युदर १५ प्रतिशत छ । 

 

चिकित्सकहरूका अनुसार धेरैजसो महिला हर्टएट्याक हुँदा पीडा महसुस गर्दैनन् । यसले गर्दा चिकित्सककहाँ जान ढिलो हुन्छ र जोखिम बढ्छ । यसले गर्दा महिलाले पहिलेदेखि नै खानपानप्रति सावधान रहनु जरुरी हुन्छ । पर्याप्त मात्रामा सुत्नुपर्छ । तनावबाट टाढै रहनुपर्छ । 

 

इमोसनल अत्याचार

एक अध्ययनअनुसार महिलाको पीडा धेरै गाढा हुन्छ । महिलाहरू भावुक हुन्छन् । कुनै पनि नराम्रो घटना घटे रोइहाल्छन् । एक अध्ययनअनुसार महिलाहरू १ महिनाको अवधिमा ५ पटकभन्दा बढी रुन्छन् । जब कि पुरुषहरू २ पटक रुन्छन् । महिला तथा पुरुषको संरचना भिन्न हुने भएकाले यस्तो भएको हो । महिलाको अश्रु ग्रन्थिको बनोट भिन्न हुन्छ । महिलामा यो ग्रन्थि धेरै हुन्छ । महिलाको शरीरमा प्रोलेक्टन हार्मोनको मात्रा पनि ६० प्रतिशतले बढी हुन्छ । यही हार्मोनले आँसुको निर्माण गर्छ भने अश्रुग्रन्थिको विकासमा सहायक पनि हुन्छ । हुन त रुँदा तनाव कम हुन्छ भन्ने धारणा पनि पाइन्छ । 

 

तनावरहित जीवन 

राम्रो स्वास्थ्यका लागि तनाव तथा अवसादबाट मुक्त रहनुपर्छ । वल्र्ड हेल्थ अर्गनाइजेसनको रिपोर्टअनुसार पुरुषको तुलनामा महिला ५० प्रतिशत बढी तनावग्रस्त रहन्छन् । यसैगरी वल्र्ड मानसिक स्वास्थ्यको रिपोर्टअनुसार महिलामा तीन गुना बढी डिप्रेसन हुन्छ । सबैभन्दा रमाइलो पक्ष यति हुँदाहँुदै पनि महिलाहरू श्रीमान्भन्दा धेरै जवान देखिन्छन् । पुरुषले दिनहुँ सेभिङ गर्नुपर्ने हुन्छ । आफ्टरसेभ तथा एस्ट्रोजेन्टको प्रयोगले पुरुषको गालाको छाला खस्रो तथा बाक्लो हुन्छ । फलस्वरूप उनीहरूमा उमेरको चिन्ह चाँडै देखिने सम्भावना बढी हुन्छ । 

 

सकारात्मक सोचको विकास गरे डिप्रेसनबाट जोगिन सकिन्छ । यसैगरी आफ्नो जीवनमा तथा वरपर घटेका सानाभन्दा साना घटनामा पनि खुसी रहने प्रयास गर्नुपर्छ । कतिपय महिला चकलेट तथा चिया खाएर आफ्नो तनाव कम गर्छन् । डार्क चकलेटमा भएको कोकोका कारण तनाव कम हुन्छ । 

 

स्लिम हुने रहर

सामान्यतया सबै महिलालाई राम्रो हुने चाहना हुन्छ । धेरै मोटो हुँदा महिलालाई हर्टएट्याक, मधुमेह तथा अस्टियोपोरोसिसजस्ता रोग लाग्ने सम्भावना वृद्धि हुन्छ । यसो भन्दैमा आवश्यकभन्दा बढी स्लिम हुनु पनि राम्रो मानिँदैन ।

 

विशेषज्ञहरूका अनुसार धेरै स्लिम हुनुभन्दा हेल्दी तथा हड्डीमा थोरै बोसो हुनु लामो तथा स्वस्थ जीवनका दृष्टिले उपयुक्त हुन्छ । त्यसबाट लामो समयसम्म जिउन सकिन्छ । आवश्यकभन्दा कम तौल भएमा शरीरमा पोषणको कमी हुन्छ । स्लिम हुने बहानामा नियमित जिम जानु तथा कठिन व्यायाम गर्नु जरुरी हुँदैन । दिनभर घरको काम गर्दा तथा केही समय हिँडडुल गर्दा पनि व्यायाम पूरा हुन्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्