चैत महिनाको राशिफल

- प्रीति आत्रेय ज्ञवाली, फलितज्योतिषाचार्य

चैत्र ५, २०७३  

मेष 
व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । दाम्पत्य जीवनमा मतभेद सिर्जना हुुनसक्छ । सहयोगी हातहरू पछि हट्नसक्छन् । रिसलाई वशमा राखी शान्त चित्तले काम गर्न सके काममा सफलता हात पर्नेछ । अपजश आइलाग्नसक्ने भएकाले  सतर्कता अपनाउनुुपर्ने समय छ । सवारी साधन चलाउँदा विशेष सजग रहनुुहोला । 

 

वृष 
विशेष काममा सफलता हात पर्नेछ । बसाइँ–सराइको सम्भावना छ । नवीन रोजगारी प्राप्त हुनेछ । भ्रमणको अवसर जुर्नेछ । महिनाको पूूर्वाद्र्धमा दाम्पत्य जीवन सुुखमय रहे पनि उत्तराद्र्धमा मनमुुटाव सिर्जना हुुनसक्छ । काममा अपजश आइलाग्ला । अनपेक्षित विवाद हुुनसक्छ । कम बोलेरै कार्यसिद्धि हुने भएकाले धेरै बोल्नु उपयुुक्त हुदैन ।

 

मिथुन
आफ्नो इच्छा एवं योजनानुुसार सबै कार्य सम्पन्न हुुनेछन् । श्रीमान्बाट अपेक्षित सहयोग एवं सद्भाव प्राप्त हुनेछ । धार्मिक कार्यमा सहभागी भइएला । विभिन्न कुुराको लाभ हुुनेछ । कुुनै कारणवश रोकिएका काममा पनि सफलता हात लाग्नेछ । अपजश आइलाग्ने भएकाले कसैसँग कुुराकानी वा ख्यालठट्टा गर्दा ध्यान पुर्‍याउनु होला ।

 

कर्कट
घरमा विभिन्न सामग्रीको जोहो हुुनेछ । व्यक्तिगत खुुसीका लागि खर्च हुुनसक्छ । माइतीबाट पर्याप्त सहयोग प्राप्त होला । पारिवारिक सहयोग मिल्नुुका साथै परिवारमा खुुसीसमेत छाउनेछ । दाम्पत्य जीवन अपेक्षा गरेजस्तै सुुखद रहनेछ । अनावश्यक खर्चको योग छ । धैर्यपूूर्वक कार्य गरे सम्भावित समस्याबाट जोगिन सकिन्छ । आकस्मिक स्वास्थ्यबाधाले सताउनसक्छ । 

 

 

सिंह
काममा अपेक्षित सफलता हात पर्नेछ । पारिवारिक सुुख–समृद्धि बढ्नेछ । आर्थिक पक्ष सुुदृढ रहनुुका साथै व्यवसायिक क्षेत्र पनि सफल देखिन्छ । परिवारमा नयाँ सदस्यको आगमन हुुनसक्छ । मानसम्मान तथा उपहार प्राप्त हुने योग छ । दाम्पत्य जीवनमा सामान्य खट्पट् पर्नसक्छ । केही काममा अनपेक्षित समस्या सिर्जना हुनसक्छ ।

 

कन्या
आकस्मिक स्वास्थ्य समस्या देखापर्नसक्ने भएकाले खानपान एवं रहनसहनमा ध्यान पुर्‍याउनु होला । अनपेक्षित वादविवाद हुुनसक्ने भएकाले बोल्दा ध्यान पुर्‍याउनु तथा व्यवहारमा सतर्कता अपनाउनुु आवश्यक छ । महिनाको उत्तराद्र्ध अनुुकूूल छ । काममा सफलता हात पर्नुुका साथै पारिवारिक खुुसी पनि बढ्नेछ । व्यक्तिगत सुखसुविधामा वृद्धि हुनेछ भने आर्थिक पक्ष पनि सुुदृढ रहनेछ ।

 

तुला
पारिवारिक वातावरण सुुखमय रहनेछ । लामो समयदेखि विद्यमान तनाव हट्ने भएकाले मन हलुुका हुुनेछ । पराक्रम बढ्नुुका साथै शरीर पनि फुर्तिलो रहनेछ । आर्थिक पक्ष सबल रहला । विभिन्न माध्यमबाट सहयोग जुट्नेछ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त गर्न सकिनेछ । कार्यक्षेत्रमा उन्नति गर्ने अवसर प्राप्त होला । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ ।  

 

 

वृश्चिक
इष्टमित्र एवं साथीभाइहरूसँग रमाइलो भेटघाट हुुने योग छ । परिवारमा वैचारिक मतभेद सिर्जना हुुनसक्छ । छोराछोरीलाई आफ्नो वशमा राख्न गार्‍हो होला । व्यवसायिक क्षेत्र फाइदाजनक रहला । व्यक्तिगत कार्यमा विशेष सफलता प्राप्त हुनेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । आकस्मिक स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकाले आहारविहारमा ध्यान पुर्‍याउनुु आवश्यक छ ।

 

धनु
घर–व्यवहारको काममा समस्या आइलाग्नसक्छ । परिवारका सदस्यहरूको चाहनालाई मध्यनजर गरी काम गर्न सके सम्भावित अपजश टर्नेछ । छोराछोरीले अपेक्षित कार्य गर्नेछैनन् । सानातिना समस्याका बाबजुद धेरै काम सम्पन्न हुुनेछन् । मन प्रफुुल्ल रहनेछ । आर्थिक पक्ष सुुदृढ हुनेछ । दाम्पत्य सम्बन्धमा खटपट पर्नसक्छ । 

 

मकर
शरीर एवं मन चङ्गा रहला । काममा अपेक्षित सफलता हात पर्नेछ । पारिवारिक वातावरण सुुखमय रहनेछ । विविध पक्षबाट धनलाभ हुुनेछ । व्यक्तिगत एवं पारिवारिक खुुसीका लागि खर्च गर्नुपर्ने हुुनसक्छ । दाम्पत्य जीवनमा एकार्काप्रतिको माया एवं समझदारी कायम रहनेछ । योजनाअनुुसार कार्य सम्पन्न हुने भएकाले मन हर्षित रहला ।

 

कुम्भ
दाम्पत्य जीवन सुमधुर रहनेछ । सबै कार्य सुुचारु रूपमा सम्पन्न हुुनेछन् । यात्रा गर्दा मालसामान हराउने वा छुुट्ने योग छ । अनावश्यक खर्च हुनसक्छ । टाउको एवं आँखा दुुख्ने समस्याले सताउनसक्छ । आफ्नो स्वास्थ्यप्रति सजग रहनुु एवं अनावश्यक झमेलाबाट टाढै बस्नु श्रेयस्कर हुन्छ । आकस्मिक बाधा आइलागे पनि सकारात्मक सोचका साथ काम गर्दा सफलता हात पार्न सकिनेछ ।

 

मीन
यात्रा हुुने सम्भावना छ । विभिन्न कामको जिम्मेवारी निर्वाह गर्नुुपर्नेछ । कामका साथसाथै खानपानमा पनि ध्यान दिनुहोला । व्यस्तताका कारण थकान हुुनसक्छ । काम गर्दा कसैको सहयोगको अपेक्षा नगर्नुु नै वेश हुन्छ । राम्रो गर्दागर्दै पनि भनाइ खानुुपर्ने हुुनसक्छ । हडबडी एवं आवेशमा आएर कुुनै पनि काममा अघि सर्नु उपयुक्त हुँदैन ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्