हाइल्यान्ड बिनको शाखा विस्तार

नारी संवाददाता

चैत्र ४, २०७३
राजधानीको गौशालास्थित चर्चित कफी सप हाइल्यान्डले आफ्नो शाखा बत्तीसपुतलीमा विस्तार गरेको छ । बुधबार बिशेष कार्यक्रमका बिच सुरु भएको उक्त शाखाको शुभारम्भ प्रा.डा. अभि सुवेदी तथा नायिका सोनिका बास्तोलाले गरे । शुभारम्भ गर्ने क्रममा अभिले कफि खाएका थिए भने सोनिकाले रिबन काटेकी थिइन् । हाइल्यान्डले निकट भविष्यमै उपत्यकाका अन्य स्थानमा समेत शाखा विस्तार गर्ने योजना बनाएको छ । उद्घाटन समारोहमा कलाकार, साहित्यकार, पत्रकार एवं सर्वसाधारणको बाक्लो उपस्थिति थियो । 

तस्विरहरू : नवराज वाग्ले 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्