भर्ना हुँदा छात्र बढी, परीक्षा दिँदा छात्रा

नारी संवाददाता

चैत्र ३, २०७३
कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ३ गते आजबाट सुरु भयो ।  परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा नियमिततर्फ ४ लाख ६४ हजार ७ सय ४३ विद्यार्थी सहभागी छन् । तीमध्ये छात्र २ लाख ३० हजार ८ सय ८० तथा छात्रा २ लाख ३३ हजार ८ सय ६३ जना छन् । पछिल्लो तीन वर्षयता १० कक्षाको अन्तिम परीक्षा दिनेमा छात्रको तुलनामा छात्राको संख्या बढी छ । ०६४ मा कक्षा १ मा भर्ना भएका विद्यार्थीले यो वर्ष १० कक्षाको परीक्षा दिन लागेका हुन् ।

 

शिक्षा विभागका अनुसार वर्ष २०६४ मा कक्षा १ मा १३ लाख ३४ हजार १ सय ९४ जना भर्ना भएका थिए । भर्ना भएकामध्ये ८ लाख ६९ हजार विद्यार्थी कक्षा १० सम्म पनि आइपुगेनन् । १ कक्षामा भर्ना भएकामध्ये ३५ प्रतिशत विद्यार्थी मात्र १० कक्षामा परीक्षा दिइरहेका छन् । ‘यसअघि कक्षा १ मा भर्ना भएकामध्ये १२ देखि १५ प्रतिशत मात्रै १० कक्षासम्म आइपुग्थे । भर्ना भएकामा ६ लाख ५१ हजार ८ सय ७२ छात्रा र ६ लाख ८२ हजार ३ सय २३ छात्र थिए । यसअनुसार छात्राभन्दा ३० हजार बढी छात्र थिए । परीक्षा दिनेमा छात्रभन्दा ३ हजार बढी छात्रा छन् । यो तथ्यले छात्राको तुलनामा छात्रको ड्रप आउट (पढ्न छाड्ने) बढी भएको देखिन्छ । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्