नमुना महिला व्यवस्थापिका–संसद

नारी संवाददाता

फाल्गुन ३०, २०७३

नेपाल युवा संस्था संञ्जाले जाउलाखेलस्थित स्टाफ कलेजमा नमुना युवा महिला व्यवस्थापिका –संसद कार्यक्रम आयोजना गरेको छ । युएनडिपिको सहयोगमा आयोजित उक्त कार्यक्रममा युवालाई  संसदका बारेमा सचेतना गराउनका लागि नमुना संसदलाई व्यवहारिक रुपमा प्रष्ट्याइएको थियो । जसरी नेपालमा संसदका क्रियाकलाप हुन्छन् उसैगरि कार्यक्रममा प्रस्तुत गरियो । संसदका बारेमा अनभिज्ञ युवाहरुलाई चेतना जगाउन मात्र हैन कि युवा महिला व्यवस्थापिका–संसदका बारेमा कार्यक्रमभरि जानकारि दियो । उक्त कार्यक्रममा सभामुख, अपसभामुख, प्रधानमन्त्री पदका लागि क्रमस: निनम्मा राई, दृष्टि शर्मा, प्रकृति भट्टराई मनोनयन गरिएको थियो । 

 

यस नमुना महिला व्यवस्थापिका–संसद कार्यक्रममा महिला युवा घोषणापत्र लगायत आवस्यक सम्पूर्ण कानुनि प्रक्रियालाई अवलम्वन गर्दै महिला युवाहरुले उल्लेख्य ढंगले कार्यक्रम सम्पन्न गरेका छन् । 

सन् २००५मा सुरू भएको नेपाल युवा संस्थाले देशका विभिन्न जिल्लाहरुमा सचेतनामुलक कार्यक्रमहरु आयोजना गर्दै आएको छ । 

तस्विरमा कार्यक्रमका नमुना महिला व्यवस्थापिका–संसदका झलकहरु : 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्