शालीमार मिस चितवनमा २८ जनाको भिडन्त

नारी संवाददाता

फाल्गुन ३०, २०७३  

यतिखेर ‘शालीमार मिस चितवन २०१७’ ग्रुमिङ प्रक्रिया अन्तर्गत रहेको छ । व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, प्रतिभा प्रस्फुटन र स्टेज प्रस्तुतिकरण संग सम्बन्धीत विविध पक्षमा सहभागिहरु आफूलाई प्रभावकारी बनाउँदै गइरहेका छन् । तेस्रो संस्करणको यो प्रतियोगितामा २८ जना सुन्दरीहरु उपाधि दौडमा सहभागि रहेका छन् । प्रतियोगिताका विजेताले चितवनको प्रतिनिधित्व गर्दै नयाा संस्करणको मिस नेपाल प्रतियोगितामा वाइल्ड कार्ड इन्ट्री पाउने भएकाले पनि शालीमार मिस चितवन प्रतियोगिताको महत्व र गरिमा बढेको आयोजक पक्षले जनाएको छ । संजित श्रेष्ठको कोरियोग्राफीमा संचालन हुने प्रतियोगिताका लागि स्थानीय प्रशिक्षकहरु बाहेक अन्य व्यक्तिहरुले पनि सहभागिहरुलाई तालिम प्रदान गरेका छन् । यसैवीच सहभागिहरु पूर्व मिस नेपाल माल्भिका सुब्बाबाट पनि प्रतियोगिता सम्बन्धीत महत्वपूर्ण पक्षबारे साक्षात्कार भइसकेका छन् । 

 

बी युनिटको सहकार्यमा ब्राइट नेपालको आयोजनामा संचालन हुने शालीमार मिस चितवनको फाइनल प्रतिस्पर्धा आउादो चैत्र ११ गतेका लागि तय गरिएको छ । ग्राण्ड फिनालेमा सहभागिहरु आइएफसी कलेजका डिजाइनरहरुले तयार पारेका पहिरनमा सजिएर फाइनल प्रतिस्पर्धामा उत्रनेछन् । प्रतियोगिताका विजेताले यामाहाको फ्यासिनो स्कुटर पुरस्कारका रुपमा प्राप्त गर्नेछन् । प्रतियोगितामा फस्ट तथा सेकेन्ड रनर अप बाहेक अन्य विविध विधामा विजेताहरु चयन गरिनेछ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्