स्नेहा र रोजेन बने फेश अफ द वल्र्ड नेपाल २०१७

नारी संवाददाता

फाल्गुन ३०, २०७३  

हालै सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न भएको ‘फेश अफ अफ द वल्र्ड नेपाल २०१७’ को फाइनल प्रतिस्पर्धामा रोजेन सुवेदी र स्नेहा जर्घा मगरले विजेता अवार्डमा आफ्नो नाम दर्ता गराउन सफल भएका छन् । स्नेहाले प्रतिस्पर्धा अन्तर्गतको ट्यालेन्ट, वेष्ट फिगर तथा वेष्ट क्याटवाक अवार्ड पनि बाजी मार्न सफल भइन्  ।

 

प्रतियोगिताको रनर अपमा सागर लामा र मेघा प्रधान चयन भएका छन् । उनीहरुले बेलायतको लन्डनमा आगामी नोभेम्बर महिनामा संचालन हुने फेश अफ द वल्र्ड इन्टरनेसनल २०१७ मा नेपालको तर्फबाट सहभागिता जनाउने भएका छन् । प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पूर्व मिस नेपाल उषा खड्गी, एम टिभि स्प्लीटज्भिल्ला फेम मिया लाक्रा लगायत निर्णायकका रुपमा रहेका थिए । प्रतियोगिताको कोरियोग्राफी अभिनेत्री एवं मोडल नम्रता श्रेष्ठले गरेकी थिइन् । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्