आज १ सय ७ औं अन्र्तराष्ट्रिय महिला दिवस

नारी संवाददाता

फाल्गुन २५, २०७३ 

आज १ सय ७ औं अन्र्तराष्ट्रिय महिला दिवस विश्वभर मनाइन्दैछ  । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरिन्छ ।

 

नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरिएको हो । नेपालमा पनि महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

 

आजको दिन महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले (याली निकालेका छन् भने गोष्ठी तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन् । महिला दिवसको अवसरमा आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्