नारी आन्दोलन कस्का विरुद्ध ?

अविरल थापा

फाल्गुन २५, २०७३  

हरेक वर्ष नारी दिवसका दिन वरपर शहरका केहि कार्यक्रमस्थल र तारे होटलका मञ्चहरु धुमधामका साथ सजाईन्छन् र नारी आन्दोलनका कुराहरु उछालिदैआएका छन् । ती कार्यक्रममा नारी हक हितको बारेमा, नारी उत्थानको बारेमा  ठुला ठुला भाषणहरु गरिन्छन् र प्रमुख अतिथि बनाईएको कुनै मन्त्री या नेताले भाषण गर्दा भन्छ कि ” नारीहरु भनेका हाम्रा घरका गहनाहरु हुन, ईज्जत हुन त्यसैले यिनीहरुलाई उचित शिक्षा ,अवसर र अधिकार दिनुपर्छ ” । यो वर्षाै अगाडी देखि नेताहरुले कण्ठस्थ पारेर सुनाउदै आएको कालजेयी भाषण हो । सधै यसो गर्नुपर्छ उसो गर्नुपर्छ भनियो तर व्यवहारमा कहिल्यै उत्रिएन । फेरि बुझ्नुपर्ने कुरा के पनि हो भने संविधानको कागजमा अधिकार दिएको भनेर लेख्दैमा व्यवहारमा पनि लागू हुन्छ भन्ने प्रत्याभूति हुँदैन ।

 

ठोकुवा गरेर भन्न सकिन्छ, शहरका शिक्षित नारीहरु बाहेक देशका ८० प्रतिशत महिलाहरुलाई नारी आन्दोलन कसरी संचालन भईरहेको छ भन्ने कुरा थाहा छैन । नारी आन्दोलन पुरुषकाविरुद्ध हो वा स्वयं उनीहरुकै मानसिकताविरुद्ध हो भनेर प्रष्ट भईसकेको छैन । नारीहरु पुरुषका कारण मात्र हेपिएका छन् कि आफ्नै कमजोरी र सोचका कारण पनि पछि परेका हुन् । के साँच्चै नै नारीहरुलाई संरक्षण गर्ने नाममा पुरुषहरुले घरभित्र थुनिराखेका छन् त ? के संरक्षणको नाममा पुरुष वर्गले सदियौं देखि नारीको शोषण गर्दे आइरहेको छ र त्यसलाई संरक्षण भन्ठानेर जानेर या नजानेर नारीहरु शोषित भैरहेका छन ?के आरोप लगाए जस्तै  केटी मान्छे घरबाट निस्केर काम गर्न थालीभने छाडा, उत्ताउली र असुरक्षित हुन्छे र केही जान्ने सुन्ने भई भने पुरुषहरुलाई टेर्दिन भन्ने मानसिक रोगले घरका पुरुष वर्गहरु ग्रसित र भयभित छन ?

 

पुरुष वर्ग नारीको कमाई खाएर बााच्नु प–यो भने आफ्नो स्वाभिमान माथि धक्का लागेको ठान्दछ र समाजमा आलोचित हुने ठान्दछ त्यसैले प्रत्येक पुरुष घरबाट निस्कदा आफ्नी पत्नीलाई, छोरीलाई घरभित्र थुनेर ताल्चा मारि आफुले साँचो बोकि हिड्न चाहन्छ भनिन्छ । के नारीहरु पुरुषहरुबाट मात्र असुरक्षित छे ? के नारीको नजरमा पुरुष एउटा बलात्कारी र अत्याचारी सिवाय केही हैन ?किन एउटा घरमा छोरो मान्छे आधा रातमा नसामा लठ्ठिएर आरामका साथ घर फर्कन सक्छ तर आधारातको त के कुरा सााझ नढल्दै कुनै छोरी बुहारी घर फर्किन भने घरका सदस्यहरु पसिना काढ्न थाल्दछन र केहि ढिला फर्किदा उनीहरुले अनेक प्रश्नहरुको स्पष्टिकरण दिनु पर्ने हुन्छ । आफ्नो चरित्र माथि सफाई दिएपछि मात्र उसले घरभित्र प्रवेश पाउाछे ।

 

नारीहरुप्रति यो असमान र दरिद्र मानसिकता किन ? त्यही समयमा फर्कदा पुरुषहरु चरित्रवान रहिरहने तर नारीको चरित्र मािथ किन प्रश्नहरु तेस्र्याइन्छन् ? नारी विकासमा लागेको सबभन्दा ठुलो अंकुश यही कुरा भित्र भेट्टाउन सकिन्छ । चाहे जतिसुकै शिक्षित परिवार होस तिनीहरु यो जिर्ण सोचाईबाट अलग हुन सकेका छैनन । यस्तो गर्नुमा घरका पुरुषवर्गको मात्र हैन ,महिलावर्गको पनि उत्तिकै हात छ । किन हामी छोराछोरीलाई समान व्यवहार देखाउन सकिरहेका छैनौ । त्यसैले पहिलो आन्दोलन त हामीले हामै्र मानसिकताविरुद्ध गर्नु जरुरी देखिन्छ । हुर्काइमै समानता ल्याउनु जरुरी छ जस्ले दुवै उस्तै हुन् भन्ने भावनाको विकास हुन्छ ।

 

शहरी भेकमा अधिकांश महिलाहरुले धेरै थोरै शिक्षा प्राप्त गर्न पाएपनि ग्रामीण भेगमा अझै पनि नारी शिक्षाको विकास अपेक्षाकृत भएको छैन । छोरी मान्छेले पढेर के गर्नु अर्काको घर गरी खाने जात भन्ने कुरा अझैपनि हावी भैरहेको छ । यो तथ्यलाई हेर्दा शहरी भागमा पनि अधिकांश महिलाहरु विवाह पछि पलायन भएको देखिन्छ । निकै राम्रो शिक्षा पाएका र देश विकासमा ठुलो टेवा पु–याउन सक्ने महिलाहरु पनि लोग्ने कै कमाईमा रमाईरहेका छन् । तपार्इहरु किन काम गर्नुहुन्न भन्ने प्रश्न गर्दा श्रीमानको कमाईले पुगिरहेकै छ किन काम गर्नुप–यो भन्ने जवाफ पाईन्छ । यहाँनिर विश्लेषण गर्दा नारीहरु पुरुषहरुमै आश्रित हुन चाहन्छन र पुरुष कै छत्रछायाँमा रमाउन चाहन्छन भन्ने देखिन्छ । अधिकांस नारीहरु आफ्नो खुट्टामा उभिन चाहन्नन र पुरुषहरुकै मुनि थिचिन चाहन्छन भन्ने कुराको उदाहरण पनि हो यो ।

 

सहरका केही नारीहरु  जो घरबाहिर निस्केर काम गर्न हिडेका छन् उनीहरुले काम र परिवारको सन्तुलन मिलाउन नसक्दा  धेरैको घरबार चाहि बिग्रेको देखिन्छ । यसमा उत्तिकै दोष पुरुषको पनि हुनसक्ला । कमाउन थालें भन्ने अहं पालेर पुरुषसँगको सहअस्तित्व नस्विाकार्नु पनि नारी मुक्तिको लागि आत्मघाती कदम हुनसक्छ ।  कतिपय प्रतिष्ठित घरानाका भनाउदाहरु आफ्नो घरका छोरीबुहारीहरुले काम गर्दा घरको ईज्जत र प्रतिष्ठामा आाच आएको महशुुस गर्दछन । तर प्रत्येक शिक्षित नारीहरुले काम नगरे पनि उनले आफ्नो परिवारको र आफ्नो व्यक्तित्व विकासको लागि धेरै भुमिका खेल्न सक्छिन । घरकी एउटी नारी शिक्षित हुनु भनेको परिवार नै शिक्षित हुनु हो भन्ने सत्यलाई पनि भुल्नु हुादैन । त्यसैले नारी शिक्षा अत्यन्तै आवश्यक छ र यो देशका ग्रामीण भन्दा ग्रामीण भागहरुमा पुग्नुपर्दछ जसको लागि सरकारले ठोस योजना कार्यक्रम ल्याई प्रभावकारी कार्यान्वयन गर्नुपर्नै टड्कारो आवश्यकता देखिन्छ ।

 

नारी आन्दोलनलाई सहरका केही टाठाबाठा नारीहरुको र एनजिओकर्मीको गरिखाने भााडो मात्र बन्न दिनुहुादैन । हाम्रो जस्तो समाजमा नारीका अवरोधहरु पुरुषमात्र हैनन,उनीहरुका आफ्नै हीनतावोध,ईशर््या र पुरुष आश्रित मानसिकता पनि हुन् । पुरुषलाई बलात्कारी मात्र देख्दासम्म उसले पनि नारीलाई सम्मानको भावले हेर्न सक्दैन । आजको आवश्यकता सहकार्यको हो । एकआपसमा भएका समस्याको हल सहयात्रा ,समभाव,सहअस्तित्वले मात्र हुनसक्दछ । एक अर्कालाई सम्मानको नजरले हेर्ने संस्कारको विकास भए धेरै समस्याहरु आफै विलय हुादैजानेछन् । 

 

आजसम्म पनि घरमा हरेक घरायसी निर्णय गर्दा महिला वर्गको सहभागिता आवश्यक ठानिदैन पुरुष वर्गले गरेको निर्णय नै लालमोहर लागे सरी हुन्छ । जस्तो सुकै भएपनि नारी वर्गले शिरोधार्य गर्नुपर्ने हुन्छ । हाम्रो समाजमा सधै पुरुषले नारीलाई विवाह गर्दे आएको छ, नारीले कहिल्यै पुरुषहरुसाग विवाह गर्दिन । मागी विवाह हुादा आजपनि केटीपक्षले केटाको आर्थिक हैसियत हेर्ने र केटाले केटीको सुन्दरता र चालचलन ,खान्दान हेर्ने प्रचलन छ । यसमा दुवैले शिक्षा ,समझदारी र जीवनको दृष्टिकोणलाई मापदण्ड बनाएर सम्वन्ध स्थापित गरे सहयात्रा सुनौलो हनसक्छ ।

 

आजसम्म हामीले केटा हेर्न केटीपक्ष केटाको घर गएको देखेको र सुनेको छैन । शिक्षित नारीहरुले यहाानेर पनि रचनात्मक विद्रोह गर्नसक्नुपर्छ । विवाह गरि पठाउँदा छोरीको बाबुले आफ्नो ज्वाइँलाई ” मारे पाप पाले पुण्य” भनेर आफ्नी छोरी जिम्मा लगाउँछ । लाग्दछ उनलाई अब अन्त कतै पाल्न लगिदैछ । विवाह पछि नारीहरुले आफ्नो मातृ थर गुमाउछन र पतिको थरमा आफ्नो पहिचान खोज्दछन । विस्तारै आजकल दुवैको थर राख्ने काम सुरु भएको छ जुन सकारात्मक सुरुवात हो ।

 

यसरी हरेक पक्षलाई केलाउादा नारी विकासमा अवरोध देखा पर्नुमा शिक्षाको कमि, नारीहरुको स्थिरतावादी सोचाई,लघुताभाष, पुरुषको कमाईमा रमाउने प्रवृति, आत्मनिर्भर हुने सक्दो प्रयास नगर्नु, पुरुष कै सुरक्षा खोज्नु जस्ता अनेक कारणहरु पाइन्छन । शक्तिशालीले निर्धोलाई हेप्नु त शक्तिको सिद्धान्त नै हो । समान शक्तिको विकास भएमात्र शक्ति सन्तुलन हुनजान्छ । शहरका केहि महिलाहरु अंग्रेजीमा भाषण फलाकेर गाउाका महिलाहरुको नाममा विदेशीबाट पैसा असुलेर गरिखाने भााडो बनाईरहेका छन । शहरका केहि जाने बुझेकाहरु काठमाण्डौमा बसेर हुम्ला र जुम्लाका महिलाहरुको पीडा अनुभव गरेको ढोङ रचिरहेछन ।

 

गाउँकि एउटी महिलाले आफ्नो तौल भन्दा दोब्बर भारी बोकेको देख्दा जिब्रो काढ्ने शहरकी महिला आफैले त्यो भारी नबोकि त्यसको पीडाको अनुभुति सुनाइरहेकि छे । नारी आन्दोलन प्रत्येक घरबाट शुरु हुनु पर्छ, एउटी छोरीले आफ्ना आमा बाबु र दाजुभाई बिरुद्ध, पत्नीले पती बिरुद्ध, बुहारीले सासु ससुरा बिरुद्ध अनि आफ्नै सोचहरु विरुद्ध पनि  सुरु गर्नुपर्छ । जबसम्म एउटी नारीले समाजका संकिर्ण सोचाई बिरुद्ध विजय प्राप्त गर्न सक्तिन तबसम्म नारी आन्दोलन र मुंक्तिको संभावना छैन । स्वीस लेखिका अष्ट्रिड अन्ना राणाले भने जस्तै ”गाउँमा महिला जागरणको बिगुल फुक्ने काममा तगारो बनेर उभिएका सर्वसत्तावादी पुरुष, सामाजिक रुढिवादका शिकार महिला र महिला केहि होइनन भन्ने भावना विस्तार गरिरहेको समाजलाई परिवर्तन गर्नु अहिलेको जरुरी विषय हो । शहरका गोष्ठीमा हुने हल्लाले महिला अधिकारवादीहरुमा अरु महिलाको ठेक्का लिएको भ्रममात्र विकसित हुन्छ व्यवहारमा केहि परिवर्तन आउादैन र काठमाण्डौ बाहिरका नेपालीको परिवर्तनको चाहना र काठमाण्डौमा हुने निर्णयहरु आपसमा मेल खाँदैनन ।”


सारमा भन्नुपर्दा अबको नारी आन्दोलन भनेको आफ्नै घरका पुरुषका सोच र आफ्नै दरिद्र सोचाई विरुद्ध केन्द्रित हुनुपर्छ । जबसम्म यो मनोवैज्ञानिक लडाइा जितिदैन तबसम्म नारी आन्दोलन सफल हँदैन । पुरुषहरुलाई चिढ्याएर हैन विश्वासमा लिएर अघि बढनुपर्छ र आवश्यक परे प्रत्येक घरमा असहयोग आन्दोलन गर्नुपर्छ जुन बढी प्रभावकारी, रचनात्मक र हिंसा रहित हुन सक्छ तर यसको लागि पनि नारीहरु शिक्षित र आत्मनिर्भर हुनु जरुरी छ । जस्तो सुकै विषम परिस्थिति भएपनि नारीहरुले चाँडो भन्दा चााडो आफ्नो घरको दैलो र चुलोबाट आन्दोलनको शंखघोष हुनुपर्छ र  एकदिन अवश्य पनि समाजका संकीर्ण सोचहरु पराजित हुनेछन,नारीहरु आत्मनिर्भर हुनेछन् र समतामूलक समाजको निर्माण हुनेछ । देशका सम्पूर्ण नारीहरुलाई त्यो अन्तिम छलाङ्गको लागि अग्रिम शुभकामना ।

 

Facebook.com/abeeralthapa

Twitter.com/abeeralthapa

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्