मिस इन्टरकन्टिनेन्टल युनिभर्स– २०१७ को प्रमोसनल इभेन्ट

नारी संवाददाता

फाल्गुन २२, २०७३
मयुर हिमालयन प्राइभेट कम्पनीले शनिबार दरबारमार्गस्थित देजाभु क्लबमा मिस इन्टरकन्टिनेन्टल युनिभर्स– २०१७ को प्रमोसनल इभेन्ट सम्पन्न गरेको छ । इभेन्टमा विभिन्न ६ राष्ट्रका ६ जना कन्टेस्टेन्ट र्‍याम्पमा उत्रिएका थिए । २ वटा सिक्वेन्समा देखा परेका कन्टेस्टेन्टहरूले पहिलो सिक्वेन्समा डिजाइनर मुक्ताले तयार पारेका पहिरन लगाए भने दोस्रोमा आफ्नै देशका डिजाइनरले तयार गरेका पहिरनमा कन्टेस्टेन्टहरू रहरलाग्दो पाराले र्‍याम्पमा उत्रिएका थिए । युएसए, मल्डोभा, नेपाल, भारत, म्यानमार र  रसिया गरी ६  देशका युवतीहरू उपस्थित थिए । 

चिल्ड्रेन वेयल फेयरका लागि काम गर्ने लक्ष्य लिएको यो इभेन्टले नेपालको पर्यटन विकासमा समेत टेवा पुर्‍याउने मयुर हिमालयनकी लक्ष्मी थापाले जानकारी दिइन् । फाइनल पेजेन्ट सेप्टेम्वरमा हुँदैछ । 

तस्विरहरू : महेश प्रधान 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्