ह्यान्ड ब्यागको छनोट

नारी संवाददाता

फाल्गुन २२, २०७३  

  • हाते ब्याग किन्दा आफूले कुन प्रयोजनका लागि ब्याग बोक्दैछु भन्ने कुरामा ध्यान दिनुपर्छ । अफिस, पार्टी, सपिङ वा घुम्न जाँदा कस्तो ब्याग बोक्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
  • ब्याग खरिद गर्दा आफूले किन्न लागेको ब्याग बोक्न आफूलाई सहज भयो कि भएन तथा ब्याग बोक्ने शैली कस्तो हुनुपर्छ भन्ने कुरामा ध्यान दिने ।
  • खर्च गरेजत्तिको गुणस्तरीय तथा टिकाउ ब्याग हो कि होइन मूल्यांकन गर्ने ।
  • एउटै ब्याग सबै प्रयोजनका लागि प्रयोग गर्ने हो भने फेसनेबल वा ट्ेरन्डी ब्याग नकिनेकै जाती हुन्छ।
  • सामान्यत: एक–एकवटा कालो तथा ब्राउन रंगको ब्याग किनेको राम्रो । यी दुई कलरका ब्याग जुनसुकै पहिरनमा सुहाउँछन् ।
  • विभिन्न अवसरमा बोकिने हाते ब्यागलाई फङ्सनल ब्याग भनिन्छ ।
  • बहुउद्देश्यका लागि प्रयोग गरिने ब्यागलाई टोट ब्याग भनिन्छ । यसमा विभिन्न ढंगले सामान राख्न सकिन्छ ।
  • यात्रा गर्दा बोकिने ब्यागलाई बेक पेक भनिन्छ । यो ब्यागमा विभिन्न प्रकारका सामान राख्न सकिन्छ । यो ब्याग ढाडमा बोकिने हुँदा हात खुल्ला हुन्छ । बेक पेक लामो यात्राका लागि सुविधाजनक पनि हुन्छ ।
  • सिलिङ ब्याग अति नै स्टाइलिस अर्थात् कुल हुन्छ । यस्ता ब्याग साना–ठूला हरेक साइजमा पाइन्छन् । काँधमा बोकेर हिँड्न सकिने यस्ता ब्याग आरामदायक एवं सुविधायुक्त हुन्छन् ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्