ब्राइडल लेहेंगा

नारी संवाददाता

फाल्गुन २०, २०७३  

लेहेंगा छनोट गर्दा आफ्नो छालाको रंगमा ध्यान पुर्‍याउनुपर्छ । पिंक, स्काइ, ब्लु, पिच, सी ग्रिनजस्ता रंगका लेहेंगा गोरो वर्णका दुलहीलाई सुहाउँछन् । गहुँगोरो वर्णका दुलहीलाई रेड, मरुन तथा रस्ट कलरका लेहेंगा उत्तम मानिन्छ । इच्छाअनुसार पर्पल रंगको लेहेंगा पनि तयार पार्न सकिन्छ, तर त्यसमा पर्पल रंगमा रेड वा मरुनको टिन्ट हुनुपर्छ । 

 

कालो वर्ण हुनेहरूमा आफ्नो छालाको रंगका सम्बन्धमा गुनासो हुन्छ । जब कि यो रंगलाई सर्वाधिक सेक्सी मानिन्छ । यस्ता वर्णका महिलालाई पहेंलो, सुन्तला वा ब्राइट ब्लु कलरका लेहेंगा बेस्ट हुन्छन् । 
विवाहका बेला दुलहीको घरमा समारोह हुन्छ । साँझको समारोहका लागि नेवी ब्लु वा सफायर ब्लु कलरको लेहेंगा लगाउनुपर्छ । यसमा सिल्भर वर्कको इम्ब्रोइडरी खुल्छ । हेभी लेहेंगाका साथमा हल्का दुपट्टा तथा हल्का लेहेंगाका साथमा हेभी दुपट्टा प्रयोग गर्नुपर्छ । यसबाट दुलहीले सहज महसुस गर्छन् । 
हेभी बस्ट भएकाहरूले लेहेंगाका साथमा चोलीमा लाइट वर्क होस् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ । छोटो चोली ट्रेन्डमा भए पनि हेभी बस्ट भएकाहरूले त्यसबाट जोगिनुपर्छ । 

 

होचो कद भएका दुलहीले आफ्नो लेहेंगामा स्क्वेयर वा यु नेकलाइन बनाउनु हुँदैन । दुपट्टालाई फोल्ड गरी काँधमा ड्रेप गर्नुपर्छ । दुपट्टा घुँडासम्म आउनुपर्छ । यो शैलीले अग्लो देखिन सघाउँछ । स्लिम हुनुका साथै मोर्डन सोच छ भने हल्टर स्टाइलको चोली लगाउन सकिन्छ । पातलो खालको स्ट्रेप र डिप ब्याक डिजाइन प्रयोग गरी तयार गरिएको चोली पनि खुबै सुहाउँछ । स्लिमका साथै अग्लो शरीर छ भने धेरै घेरा भएको लेहेंगा प्रयोग गर्न सकिन्छ । हेभी वर्क भएको दुपट्टा पनि सुहाउँदो हुन्छ । स्टाइलिस एवं बोल्ड लुकका लागि भने अफ सोल्डर फिस कट लेहेंगा उपयुक्त हुन्छ । 

 

हल्का रंगहरूका सफ्ट टोनजस्तै पिंकको सफ्ट टोन पिच, पर्पलको सफ्ट टोन मोभजस्ता रंगका लेहेंगा बनाउनु छ भने नेट, जर्जेट, सिफनजस्ता फेब्रिक प्रयोग गर्नुपर्छ । कपडा गाढा रंगको छ भने भेल्भेट वा साटन प्रयोग गर्नुपर्छ । अहिले वेडिङ लेहेंगामा डबल वा ट्रिपल कन्ट्रास्ट सेड प्रयोग भैरहेको छ । डबल सेडमा रेड र ग्रिन, अरेन्ज र पिंक, कपर र ब्रन्च वर्क मन पराइएको पाइन्छ भने ट्रिपल सेडमा रेड, ग्रिन र गोल्ड, ग्रिन, पिंक र अरेन्ज आदि रंग प्रयोग गरी तयार पारिएका लेहेंगा लोकप्रिय छन् । प्रचलित लेहेंगामा फेमिनेन टच दिन लेस तथा डेलिकेट इम्ब्रोइडरीको प्रयोग भएको पाइन्छ । यसैगरी ब्राइडल कलेक्सनमा सिफन स्ट्रिप्सका साथमा रोज मोटिफ, भेल्भेट वर्क तथा गोटापट्टी प्रयोग भएको पाइन्छ । लेयर्ड लेहेंगाको लोकप्रियता पनि उत्तिकै छ । 

 

हेभी ब्राइडल लेहेंगाबाहेक लाइट ब्राइडल लेहेंगा पनि फेसनमा छ । यस प्रकारको लेहेंगा बनाउन वेवी पिंक, पाउडर ब्लुजस्ता कलरका फेब्रिक प्रयोग गरिन्छ । मेहन्दीका लागि भने रिच भेल्भेट, टेकसचर्ड ब्रोकेड, चँदेरी सिल्क तथा जर्जेटमा डेलिकेट कढाइ गरी तयार गरिएको लेहेंगा उपयुक्त हुन्छ । डिजाइनरहरूका अनुसार वार्म कलर टोन जस्तै क्रिमसन, महोगनी र ब्रोन्च आदि टोनका लेहेंगा वैवाहिक अवसरका लागि उपयुक्त हुन्छन् भने कुल कलर स्किम जस्तै ब्लुन टोनका रोयल ब्लु तथा इन्डिगो रंगको प्रयोग इन्गेजमेन्टका लागि उपयुक्त हुन्छ । परिमार्जित ब्राइडल लेहेंगाका रूपमा साडी ड्रेप र गाउन दुवै स्टाइलको फ्युजन ब्राइडल लेहेंगा लोकप्रिय भएको डिजाइनरहरू बताउँछन् । ज्याकेट वा वेस्टकोटयुक्त ब्राइडल लेहेंगा चिसो मौसममा बढी उपयुक्त हुन्छ । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्