दुलहीको पहिरन

रोजिन शाक्य

फाल्गुन १९, २०७३  

पारम्परिक एवं क्लासिकबाहेक फिटेड इभनिङ गाउन, विडेड ज्याकेट तथा सिगरेट पाइन्टको कम्बिनेसन ब्राइडल वेयरमा नयाँ ट्रेन्ड हो । हिजोआज वेस्टर्न ब्राइडल लुकको ट्रेन्ड लोकप्रिय छ जसमा विन्टेज र एलिजाबेथ एराको झलक देख्न सकिन्छ । कट्समा पफ, प्लिट, पेपलम र काउल स्टाइलको चलन बढ्दो छ। 

 


विवाहको दिन हरेकका लागि जीवनको विशेष दिन हुन्छ । वैवाहिक मौसमसँगै हरेक वर्ष केही नयाँ ट्रेन्ड देखापर्छन् जसलाई हरेक दुलहीले आफ्नो जीवनको विशेष दिनमा प्रयोग गर्ने चाहना राख्छन् । पारम्परिक एवं क्लासिकबाहेक फिटेड इभनिङ गाउन, विडेड ज्याकेट तथा सिगरेट पाइन्टको कम्बिनेसन ब्राइडल वेयरमा नयाँ ट्रेन्ड हो ।

 

हिजोआज वेस्टर्न ब्राइडल लुकको ट्रेन्ड पपुलर छ जसमा विन्टेज र एलिजाबेथ एराको झलक देख्न सकिन्छ । कट्समा पफ, प्लिट, पेपलम र काउल स्टाइलको चलन बढ्दो छ । लेहेंगामा पनि मोर्डन कट्स प्रयोग भएको पाइन्छ जसका कारण यो गाउन हो कि लेहेंगा छुट्याउन गाह्रो हुन्छ । ब्राइडल वेयरमा अंगरावा स्टाइलको कुर्ता सुड तथा ड्रेप्ड पाइन्टको कम्बिनेसन पनि देख्न पाइन्छ । यसमा लेयर्ड लङ, एङ्कल लेन्थ ट्युनिक्स पनि प्रचलित रहेको डिजाइनरहरूको कथन छ । ब्राइडल रेन्जमा मेटालिक ब्लाउजका साथमा सियर वा पारदर्शी लेयर्ड लेहेंगा पनि लोकप्रिय छ । यी स्टाइलमा बनारसी ब्रोकेड, भेल्भेट, नेट एवं टिस्युजस्ता फेब्रिक प्रशस्त मात्रामा प्रयोग भएको पाइन्छ । 

 

सरारा, फुल लेन्थ स्कर्टस्, ज्युल्ड कोर्सेट आदिले पनि ब्राइडल ट्रेन्डको स्वरूप पाएका छन् । यो लुकका नेट फेब्रिकको धोती–सलवारलाई ब्रोकेड चुडीदारमाथि लेयर गरी लगाइन्छ । अलग–अलग दुई–तीन दुपट्टालाई फरक–फरक तरिकाले ड्रेप गर्न सकिन्छ । लाइट र फ्लोइङ स्कर्ट स्टाइलको लेहेंगालाई प्युल्ड कोर्सेटका साथमा टिम गर्नुपर्छ । नयाँ कटमा मल्टी कर्टनी लेन्थयुक्त कोलर्ड र ज्याकेट पनि चलनमा छ । सी थ्रु फेब्रिक, लेयरिङ ह्यान्ड क्राफ्ट टेक्सचर्स पनि ब्राइडल पहिरनमा लोकप्रिय छन् । भेल्भेटको प्रयोगबाट पनि रिच लुक प्राप्त गर्न सकिन्छ । घाँघरा र पलाजो पाइन्टलाई भेल्भेट ज्याकेटका साथमा कम्बाइन गरी लगाउनु उपयुक्त हुन्छ ।

 

मोर्डन स्टाइलमा साडीलाई गाउन शैलीमा प्रस्तुत गरिएको पाइन्छ । अहिले २० देखि ४० को दशकको शाही घरानाबाट प्रेरित ब्राइडल कलेक्सन पनि लोकप्रिय छ । रेड कलरबाहेक कोरल, गुलाबी, पिंक तथा गोल्ड विवाह पहिरनका अन्य रंग हुन् । अहिले वेस्टफिटेड तथा स्कर्टजस्तै फ्लेयर्ड भएको राजस्थानी स्टाइलको टप्स पनि उत्तिकै लोकप्रिय छ । अस्मिट्रिकल हेमलाइनको सियर र ट्रान्सपरेन्ट चोली पनि ब्राइडल वेयरमा ट्रेन्डी भएको छ भने गोटा वा ब्लिङ विना ब्राइडल वेयर अपूर्ण हुन थालेको छ । 

 

फेसनको बदलिँदो रंगसँगै ब्राइडल लेहेंगामा पनि परिवर्तन देखा परेको छ । हिजोआजको लेहेंगा फ्युजन ड्रेप अफ बिट रंगका साथमा आकर्षक बन्न पुगेको पाइन्छ । त्यसका साथै आठ कल्ली लेहेंगा, साडी तथा पारम्परिक लेहेंगाका साथमा चोली, अनारकली एवं ज्याकेट टप बढी प्रचलित छन् । कट्सको कुरा गर्ने हो भने सबै कलीदार, ड्रेप्ड कलीदार र फुल सर्किल लेहेंगा प्रयोगमा छन् । लेहेंगाको ब्लाउज अब स्टाइलिस भएको छ । लेहेंगाका साथ ब्लाउजमा पनि थुप्रै प्रकारका फेब्रिक तथा डिजाइन प्रयोग गरिएको पाइन्छ । अहिले लेहेंगाको ब्लाउजमा आरी र जरदोजी मात्र नभै सिल्क, भेल्भेट र जगौराजस्ता फेब्रिकको फ्युजनका साथमा क्रिस्टलाइज्ड एवं स्वरोस्की पनि प्रयोग गरिएको पाइन्छ ।
 

गहना छनोट
आजभोलि वेडिङ ज्वेलरीमा ट्रेडिसनल र कन्टेम्परेरी ज्वेलरी त्यति प्रयोग गरिँँदैन । अहिले फ्युजन ज्वेलरी चल्तीमा छ । पाल्कीका साथमा डायमन्ड ज्वेलरी दुलहीहरूले निकै रुचाएको पाइन्छ । दुलहीको गर्दनको लम्बाइ कम छ र रंग पनि दबिएको छ भने उनले गोल्ड, रुबी, स्टोन, ब्लु क्लर्ड, जेमस्टोन तथा बोल्ड चोकर्स लगाउनु हुँदैन । दुलही अग्ली छिन् भने चोकर्स, लङ डेङ्गल इयरिङ, रानीहार, ब्रासलेट आदि लगाउनुपर्छ । दुलहीको रंग गोरो छ भने चुराका साथमा एथनिक ज्वेलरी लगाउनु उपयुक्त हुन्छ । 
 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्