महिला लक्षित सस्तो टुर प्याकेज

नारी संवाददाता

फाल्गुन १७, २०७३  

दरबारमार्ग स्थित मातृभुमी टुर्स एण्ड ट्रेक्सले  महिलालाइ लक्षित गरी सस्तो यात्रा प्याकेज सार्वजनिक गरेको छ । पछिल्लो समयमा छुट्टी मनाउन तथा घुमघामका लागी नेपालीहरु बिदेश जाने क्रम बढिरहेको कुरालाइ मध्यनजर राख्दै तथा महिलालाइ पनि यस्ता यात्रामा प्रोहोत्साहित गर्नका लागी यस्तो प्याकेज ल्याइएको मातृभुमीकी नबिना घिमिरेले बताइन् । विन्टर अफर स्वरुप निकालिएको यस प्याकेज अन्तर्गत ४ रात ५ दिनको थाईल्याण्ड टुरका लागी जम्मा ३८ हजार नेपाली रुपैंया तिरे पुग्ने बताइएको छ ।

 

घुम्ने स्थान हेरीकन ३८ हजार, ३९ हजार ५ सय तथा ४२ हजार ५ सय मुल्य निर्धारण गरिएको यस प्याकेज भित्र थाइल्याण्डका पर्यटक तथा पौराणिक स्थाल लगायत पताया बिच, फुकेट लगायतका ठाउं घुम्न पाइन्छ । नविनाले भनिन– महिलालाइ पनि बिदेश घुमघाममा उत्प्रेरित गर्न यस्तो प्याकेज ल्याइएको छ । यस्ता कार्यले महिलाले धेरै कुरा सिक्ने मात्र होइन उनीहरुमा आत्माविश्वास समेत बढाउंछ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्