स्वस्थ हाँसोका लागि

नारी संवाददाता

फाल्गुन ९, २०७३

 

मिथक : लामो समय ब्रस गर्दा दाँत सफा तथा राम्रो हुन्छ ।

सत्य : लामो समय ब्रस गर्दा दाँतको इनामेल निस्कन थाल्छ । यसले सेन्सेटिभिटी तथा अन्य समस्या हुन सक्छ । त्यसैले दिनमा दुई पटक भन्दा बढी ब्रस गर्नुहुँदैन ।

मिथक : सफा गराउँदा दाँत कमजोर हुन्छ ।

सत्य : ६ महिनामा एकपटक दाँत सफा गर्नु आवश्यक हुन्छ । यसले दाँतमा जमेको फोहोर जसबाट ब्याक्टेरिया बन्छ लाई दाँतमा सड्न नदिई बाहिर निकाल्छ ।

मिथक : राम्रोसँग ब्रस नगरे सास गन्हाउने समस्या देखापर्छ ।

सत्य : मुख राम्रोसँग सफा नगरे समस्या उत्पन्न हुन्छ । त्यसैले हरेक समय खाना खानासाथ कुल्ला गर्ने बानी बसाल्नुपर्छ ।

मिथक : कुल्ला गर्दा दाँतको बीचमा ग्याप बढ्छ ।

सत्य : यो गलत हो । कुल्ला गर्नु फाइदाजनक हुन्छ । यसले दाँतको बीचमा अड्किएको खानेकुराका कण बाहिर निकाल्छ जसले गर्दा गिजा संक्रमण हुनबाट जोगिन्छ ।

 

मुटुका लागि

मिथक : छातीमा पीडा हुनु सधै मुटु रोगसँग सम्बन्धित हुँदैन ।

सत्य : सामान्यतया २० प्रतिशत केसमा छातीको पीडा मुटु रोगसँग सम्बन्धित हुँदैन । बाँकी ८० प्रतिशत मसल्सको पीडा तथा एसिडिटीका कारण पनि हुन सक्छ । यद्यपि छातीको पीडालाई कहिल्यै बेवास्ता गर्नुहुँदैन ।

मिथक : एन्जियोग्राफी गरेपछि एन्जियोप्लास्टी तथा बाइपास सर्जरी गराउनुपर्छ ।

सत्य : एन्जियोग्राफी गराउने करिब ५० प्रतिशत मानिस औषधिबाट ठीक हुन सक्छन् । एन्जियोप्लास्टी तथा बाइपास सर्जरीको कुनै आवश्यकता पर्दैन ।

मिथक : एन्जियोप्लास्टी केवल एकपटक हुन्छ ।

सत्य : एन्जियोप्लास्टी गरेपछि पनि ५ देखि १० प्रतिशत मानिसमा फेरि मुटुको समस्या हुने सम्भावना रहन्छ । त्यसैले फेरि पनि एन्जियोप्लास्टी गराउनुपर्ने हुनसक्छ ।

मिथक : एन्जियोग्राफी जोखिमपूर्ण हुन्छ ।

सत्य : एन्जियोग्राफी मुटु रोगका बारेमा जानकारी प्राप्त हुने सुरक्षित तथा विशेष जाँच हो । यो जोखिमपूर्ण हुँदैन ।

मिथक : मुटु रोगको सफल अप्रेसनपछि नियमित औषधिको आवश्यकता पर्दैन ।

सत्य : चिकित्सकले कुनै पनि किसिमको मुटु रोगपछि लामो समयसम्म औषधि खाने सल्लाह दिन्छन् । यो औषधि भविष्यमा हुन सक्ने मुटुसम्बन्धी पीडा तथा हर्ट एट्याकबाट जोगाउने उद्देश्यले दिइन्छ ।

मिथक : अण्डा खानु हृदयका लागि हानिकारक हुन्छ ।

सत्य : अण्डाको पहेंलो भागमा २ सय कोलस्ट्रोल हुन्छ । कोलस्ट्रोल यस्तो बोसोयुक्त पदार्थ हो जुन रगतमा समावेश हुन्छ । यही कोलस्ट्रोल धमनीमा जमेर हर्ट

एट्याकको कारण बन्छ । हालसालै सम्पन्न एक अध्ययनले भने स्वस्थ मानिसले दिनहुँ अण्डा खान हुने कुरा बताएको छ । कोलस्ट्रोलबाट जोगिन अण्डाको सेतो भाग मात्र खानु उचित हुन्छ जसमा प्रोटिन हुन्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्