मेनोपजमा के गर्ने

नारी संवाददाता

फाल्गुन ९, २०७३ 

डा. रंगीना लाइकांगबम शाह

स्त्री तथा प्रसूति रोग विशेषज्ञ

महिलाहरूमा ५० देखि ५५ वर्षको उमेरमा मेनोपज हुने गरेको छ । यसलाई महिनावारी सुक्ने पनि भनिन्छ । त्यसपछि हरेक महिलाको जीवनमा गर्भधारणको अवधि सकिन्छ ।

मेनोपजमा देखापर्ने परिवर्तन

मेनोपजमा हार्मोन परिवर्तन हुन्छ । यसमा महिलाहरूको शरीरमा एस्ट्रोजोन हार्मोनको कमी हुँदै जान्छ । यो हार्मोनको कमीले छाला, हड्डी, केश, मुटु, मस्तिष्क तथा पिसाब थैलीको प्रणालीमा असर पार्नसक्छ । धेरैजसो महिलामा शरीर तात्ने, राति पसिना आउने, रिस बढी उठ्ने, झिजो लाग्ने एवं मानसिक तनाव आदि लक्षण देखापर्छन् ।

के खाने ?

दूध, दही, पनीर तथा दूधका उत्पादनहरू ।

प्रोटिनयुक्त खानेकुरा गेडागुडी, अण्डाको सेतो भाग, माछा आदि ।भिटामिन भएका खानेकुरा जस्तै फलफूल, गाजर, सागपात, ब्रोकाउली आदि ।

मेनोपजपछि के नखाने ?

चिया, कफी तथा चिनीको मात्रा बढी भएका खानेकुरा, प्रोसेस्ड फुड्स (डिब्बामा आउने खानेकुराहरू), बढी मात्रामा मसला भएका खानेकुरा, अल्कोहल (रक्सी), धेरै नुनिला कुराहरू, रातो मासु एवं तारेका खानेकुरा आदि ।

मेनोपजमा असर गर्ने खानेकुरा

पिरा खानेकुरा

अमेरिकन एकेडेमी अफ फिजिसियनद्वारा गरिएको अध्ययनअनुसार पिरो खानेकुराले मेनोपजमा शरीरको तापक्रम बढाउँछ र हट पल्सेस (शरीर एकैछिनमा तात्ने) वृद्धि हुन्छ । चिनीको मात्रा धेरै भएका खानेकुराले शरीरमा ग्लुकोज (सुगर) को मात्रा बढाउँछन् जसले गर्दा तौल बढ्नुका साथै मेटाबोलिक डिसअर्डर देखा पर्नसक्छ । यसैगरी मधुमेह टाइप २ हुने सम्भावना वृद्धि हुन्छ भने मुटुमा समेत असर  देखिन सक्छ ।

धूम्रपान तथा मदिरापान

मदिरापान गर्ने महिलाहरूमा शरीर तात्तिने, झिजो मान्ने र राति निद्रा नलाग्नेजस्ता समस्या देखा पर्नसक्छ । अमेरिकन मेनोपज सोसाइटीद्वारा गरिएको अध्ययनअनुसार मदिरापान गर्ने महिलामा मेनोपजपछि मानसिक तनावका लक्षण देखिन्छन् । चिया, कफी, चकलेटहरूले पनि एकैछिनमा शरीर तात्ने (हट फ्लासेस) तथा पसिना आउने हुन्छ ।

नुनको मात्रा बढी भएको खानेकुराले प्रेसर बढाउनुका साथै मुटुको समस्या सिर्जना गर्छन् । रातो मासु, तारेका खानेकुरा तथा जंक फुडले पनि मुटु, हड्डी तथा हर्मोनमा असर गर्नसक्छ । फस्फोरसको मात्रा बढी भएका खानेकुराले हड्डीको क्याल्सियम र म्याग्नेसियमको मात्रा घटाउनसक्छ । मेनोपज सबै महिलाको जीवनमा हुन्छ । यसमा कुनै अस्वाभाविक वा विशेष परिवर्तन देखिए स्त्री तथा प्रसूति रोग विशेषज्ञसँग सुझ्mाव लिनु उपयुक्त हुन्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्