समर कलेक्सन २०१७ को फेसन शो

नारी संवाददाता

फाल्गुन १, २०७३

बि लेबल्स  प्राइभेट लिमिटेडको आयोजनामा शनिबार बबरमलस्थित रिभिजिटेडमा समर कलेक्सन २०१७ फेसन शो आयोजना भएको छ । ओसाका ब्लू थिममा डिजाइनर विजय गौतमको सोलो डिजाइनमा १३ जना मोडल र्‍याम्पमा उत्रिएका थिए । सन् २०१५ देखि संचालनमा आएको बि लेवल्सले हरेक वर्ष सिजनअनुसार ४ वटा फेसन शो आयोजना गर्दै आएको छ ।

यो फेसन शो  गृष्म ऋतुलाई लक्षित गरी डिजाइनर विजयले जापानमा पाइने फूलको बुट्टालाई अफ्नो डिजाइनमा उतारेका थिए । फेसन शोको सोटपरमा मिस नेपाल माल्भिका सुब्बा हरियो र गोल्डेन साडी–चोलोमा सजिएर र्‍याम्पमा हिँडेकी थिइन् । बि लेवल्सले हरेक फेसन शोमा नयाँ थिम तथा नेपाली डिजाइनलाई प्रोत्साहित गर्दै आएको छ ।

 तस्विरहरु : महेश प्रधान 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्