बिरामीलाई किन हिस्टेरिया भनेको मन पर्दैन ?

नारी संवाददाता

माघ २३, २०७३  

हाम्रो समाजमा हिस्टेरिया शब्दको गलत अर्थ लाग्छ । हिस्टेरिया यौन इच्छा पूरा नहुँदा हुन्छ भन्ने गलत धारणा छ । कसैलाई हिस्टेरिया भयो भन्दा गाली पनि पाउन सकिन्छ । हिस्टेरिया यौनका कारणले मात्र हुँदैन, मानिसको जीवनमा हुने कुनै पनि तनाव दिने घटना वा पीडादायक घटनाले गर्दा हुन्छ । यस्ता पीडादायक घटना हाम्रो बेहोसी मस्तिष्कमा बसेका हुन्छन् । पीडादायक कुरा शारीरिक लक्षणका रूपमा बाहिर निस्कन्छन् । त्यसैले अहिले यसलाई कन्भर्सन डिसअर्डर भनिन्छ र हिस्टेरिया भन्न छाडिएको छ । तनाव शारीरिक लक्षणमा परिणत हुने हुनाले यसलाई कन्भर्सन डिसअर्डर भन्न थालिएको हो । 

 

जान्नैपर्ने कुरा
    

  • कतिपय बिरामीमा यो समस्या बारम्बार दोहोरिन सक्छ तर आत्तिनु हँुदैन । २–३ हप्तामा यो समस्या बिस्तारै ठीक हुन्छ । 
  • बिरामीको लक्षणलाई वास्ता गर्नु हुँदैन, वास्ता गरे यो रोग अझ बढ्न सक्छ । 
  • मनभित्र पीडादायक वस्तु बस्दा यस्तो हुन्छ । जुन बिरामीलाई थाहै हुँदैन । 
  • कतिपय बिरामीलाई बोक्सीको आरोपमा कुटिन्छ, जुन शतप्रतिशत गलत हो ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्