सुन्दरताप्रति तपार्इं कति सजग हुनुहुन्छ ?

रोजिन शाक्य

माघ १६, २०७३ 

सुन्दरताले महिलाहरूलाई एकातिर अरूको नजरमा प्रशंसाको पात्र बनाउँछ भने अर्कातिर उनीहरूलाई आत्मविश्वास पनि प्रदान गर्छ । महिलाहरू आफ्नो सौन्दर्यमा निखार ल्याउन घरेलु उपायहरूका साथै लेटेस्ट ब्युटी प्रोडक्ट्स पनि अँगाल्छन् । कतिपय महिला आफ्नो सुन्दरताप्रति सजग हुन्छन् भने कतिपय लापरबाह हुन्छन् । निम्न प्रश्नको उत्तर दिएर आफ्नो सुन्दरताप्रतिको सजगताका बारेमा जान्न सकिन्छ ।

 

१.    तपाईंलाई देख्दैमा अरूले के भन्छन् ?

    (क)    तपाईंको छाला हेरेर तपाईंको उमेरबारे थाहा पाउन सकिँदैन,

    (ख)    तपाईं कुन उमेर समूहको क्रिम प्रयोग गर्नुहुन्छ ?

    (ग)    तपाईं आफ्नो छालाका लागि किन केही गर्नुहुन्न ?

 

२.    एक दिन तपाईं उठ्दा मुहारमा चाउरी देख्दा...

    (क)    अत्तालिएर तुरुन्तै उपचार गराउने निर्णय गर्नुहुन्छ,

    (ख)    जब समय प्राप्त हुन्छ, घरेलु उपाय अँगाल्नुहुन्छ,

    (ग)    यो त उमेरसँगै आउने कुरा हो भन्ने सोचेर निश्चिन्त रहनुहुन्छ ।

३.    घरबाहिर निस्कदा.....

    (क)    सनस्क्रिन लगाउनुहुन्छ,

    (ख)    सम्झना आए लगाउनुहुन्छ,

    (ग)    ‘यसबाट के नै हुन्छ ?’ र भन्ने सोच्नुहुन्छ ।

४.    टेलिभिजनमा नयाँ सौन्दर्य उत्पादनको विज्ञापन देखेपछि...

    (क)    खरिद गर्नुपूर्व ब्युटी एक्सपर्टसित परामर्श लिनुहुन्छ,

    (ख)    खरिद गर्ने निर्णय लिनुहुन्छ ।

    (ग)    यो सबै बेकारको प्रचार–प्रसार हो भन्ने सोचेर च्यानल बदल्नुहुन्छ ।

५.    तपाईंको विचारमा सुन्दरता....

    (क)    टोटल फिटनेस हो,

    (ख)    मात्र बाहिरी सुन्दरता हो,

    (ग)    जे हुन्छ ठीक हुन्छ ।

६.    तपाईंलाई आफ्नो साथीको पार्टीमा जानु छ भने...

    (क)    राम्रोसँग तयार भएर जानुहुन्छ,

    (ख)    राम्ररी तयार हुने प्रयास गर्नुहुन्छ,

    (ग)    जसोतसो तयार भएर पुग्नुहुन्छ ।

७.    तपाईंको छालामा एलर्जी भएमा...

    (क)    तुरुन्तै चिकित्सककहाँ जानुहुन्छ,

    (ख)    घरेलु उपचार गर्नुहुन्छ,

    (ग)    समय छैन भनेर वास्ता गर्नुहुन्न ।

८.    तपाईं बजारमा उपलब्ध सौन्दर्य प्रसाधनका बारेमा कति जानकारी राख्नुहुन्छ ?

    (क)    पूर्णरूपमा जानकारी छ ।

    (ख)    धेरथोर छ ।

    (ग)    ती कुरासित के नै लिनुदिनु छ र ?

९.    आफ्नो सुन्दरता निखार्न तपाईंं...

    (क)    नयाँ–नयाँ रिसर्चका बारेमा जानकारी लिनुहुन्छ,

    (ख)    टेलिभिजन विज्ञापनमा निर्भर रहनुहुन्छ,

    (ग)    स्वयं नै परीक्षण गर्नुहुन्छ ।

१०.    कुनै सुन्दरी अभिनेतृलाई देख्दा तपाईं...

    (क)    उनी जस्तै बन्ने प्रयास गर्नुहुन्छ,

    (ख)    उनको प्रशंसा गर्नुहुन्छ,

    (ग)    उनीसित ईष्र्या गर्नुहुन्छ ।

११.    तपाईंलाई लेटेस्ट फेसन ट्रेन्डका बारेमा जानकारी....

    (क)    पूर्णरूपमा छ,

    (ख)    धेरथोर छ,

    (ग)    विवाह भैसकेको छ, फेसनसित केही लिनदिनु छैन । 

 

आफ्ना लागि सही विकल्प छनोट गर्नुहोस्, उत्तर ‘क’ हो भने स्वयंका लागि १० अंक, ‘ख’ हो भने ५ अंक र ‘ग’ हो भने शून्य अंक दिनुहोस् । तपाईंको उत्तरको जोड संख्या ७०–८० का बीच छ भने तपाईं सुन्दरताप्रति जागरुक महिला हुनुहुन्छ । तपाईं स्वयं ब्युटी र फेसनका पूर्णरूपमा अपडेट रहनुहुन्छ । तपाईंको यही जागरुकताले तपाईंलाई अरूभन्दा अलग र प्रशंसाको पात्र बनाउँछ ।

 

तपार्इंको उत्तरको जोड संख्या ५०–६० का बीच छ भने तपाईं सुन्दर देखिने चाहना राख्नुहुन्छ तर तपाईं त्यसका लागि प्रयास गर्न अल्छी गर्नुहुन्छ । थोरै प्रयासबाट पनि सुन्दरताप्रति सजग र आत्मविश्वासी महिलाका रूपमा उभिन सक्नुहुन्छ । तपाईंको उत्तरको जोड संख्या २०–३० का बीच छ भने आफ्नो सुन्दरताप्रति लापरबाह महिलाको श्रेणीमा पर्नुहुन्छ । तपाईंले आफ्नो सुन्दरतालाई पूर्णरूपमा वास्ता गर्नुभएको छैन । त्यसैले अझै पनि समय छ, तपाईं आफ्नो सुन्दरताप्रति जागरुक हुनुहोस् र उमेर पुगिसकेको बहाना नबनाउनुहोस् ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्