चिकेन स्लाइडर

नारी संवाददाता

माघ ११, २०७३ 

सामग्री :

छाला र हड्डी नभएको चिकेन २ सय ग्राम, भेजिटेबल आयल १ चम्चा, नुन र कालो मरिच स्वादअनुसार, डार्क ब्राउन सुगर १ चम्चा, भेंडेखुर्सानीको धूलो २ चम्चा, खस्रो गरी पिसिएको सुकेको खुर्सानीको धूलो आधा चम्चा, हट सस १ कप, सानो साइजका बम ६ वटा, रन्च ड्रेसिङका लागि, ब्लु चीज एक कप, सलादको पात तथा गोलभेंडाको स्लाइस सर्भका लागि ।

 

विधि :

ओभनलाई १ सय ७० देखि १ सय ८० डिग्रीमा राखेर तेल हाल्ने । चिकेनलाई दुवै साइडबाट नुन, मरिच, ब्राउन सुगर, खुर्सानीको धूलो, खुर्सानीको खस्रो धूलो हालेर ४ मिनेट ओभनमा राख्ने । त्यसमा हट ससले मेरिनेट गरेर एकछिन ओभनमा राखेर बाहिर निकाल्ने । चिकेन पाकेपछि एकछिन सेलाउन दिने । बमलाई आधा बनाई बर्गरमा जस्तै रन्च, ब्लु चीज, गोलभेंडा तथा सलादको पात हालेर सर्भ गर्ने । यो जर्मनीमा बढी रुचाइने परिकारमध्ये एक हो । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्