ह्यास ट्याक

नारी संवाददाता

माघ ४, २०७३ 

कफी पसल, दरबारमार्ग

यो ब्रेक फास्ट आइटम हो । मोर्डन अस्ट्रेलियन परिकारमा पर्ने ह्यास ट्याक नेपालमा आउने विदेशी तथा नेपाली आधुनिक युवायुवतीले निकै रुचाएको परिकारमा पर्छ । यो परिकार लन्च अथवा डिनरका रूपमा पनि खान सकिन्छ । आलुबाट तयार गरिने ह्यास ट्याकका लागि विभिन्न प्रकारका सामग्रीहरूको आवश्यक पर्छ । पहिले आलु उसिन्ने र उसिनेको आलुलाई मसिनो बनाउने । यसपछि हर्ज राख्ने । हर्ज एक प्रकारको बास्नादार सामग्री हो । जसरी बास्नादार बनाउन धनियाँ राखिन्छ, ह्यास ट्याकमा हर्ज राखिन्छ । ह्यास ट्याकमा चीज पनि राख्नुपर्छ । यसपछि तेलमा माथि उल्लिखित सामग्रीहरू तार्ने । यसरी तारिएको खानेकुरामा उम्लेको पानीमा अण्डाको भाग हाली हाफ बोयल गरिएको अण्डा मिसाउने । जसलाई पोच्ड एग्स भनिन्छ । यसपछि हेलडाइज सस राख्ने । यो फ्रेन्च सस हो ।

ससलाई सामान्य ढंगले कुनै डिजाइन नदिई माथिबाट राख्ने । यसपछि, ह्यास ट्याकमाथि स्पिनिच् र मसरूम छेउमा राख्ने । तर स्पिनिच् र मसरूमलाई एकै ठाउँमा मिसाएर पकाएको हुनुपर्छ । जसले स्वाद नै फरक दिन्छ । यसरी तयार गरेपछि ह्यास ट्याक पूर्णरूपमा तयार हुन्छ । यो परिकार हाल नेपालमा सिर्फ कफी पसलमा मात्र पाइने कफी पसलका रमेश श्रेष्ठ दाबी गर्छन् । यो परिकार सबैका लागि खान योग्य भए पनि विशेषगरी अण्डा खाना भएकाले दैनिक हेभी व्यायाम गर्नेहरूका लागि लाभदायी एवं स्वस्थवद्र्धक हुने रमेश श्रेष्ठ बताउँछन् । 

तस्विर : नवराज वाग्ले 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्