घरको ढोका कस्तो हुनुपर्छ ?

नारी संवाददाता

पुस २३, २०७३ 

घरको ढोका सही ठाउँमा हुनुपर्छ । अन्यथा धेरै कुरामा समस्या आइपर्नसक्छ । घरको सुन्दरता बढाउने कुरामा पनि ढोकाको प्रमुख्य भूमिका रहन्छ । 

  • कोठाको कुनातिर ढोका हुनु हुँदैन ।
  • मेन इन्ट्रान्स ढोका घरको बाँकी ढोकाको तुलनामा ठूलो हुनुपर्छ । 
  • बाहिरबाट देखिने सबै ढोका एउटै लाइनमा हुनुपर्छ । 
  • घरको इन्ट्रान्स ढोका कोठामा जाने मुख्य ढोकासामु हुनुपर्छ । 
  • दुईवटा घरका ढोका आमने–सामने हुनु हुँदैन । 
  • मुख्य ढोकाको नजिकै टुटे–फुटेका सामान राख्नु हुँदैन । 
  • टीकबाट बनेका ढोका शुभ मानिन्छन् । 
  • ढोकामा गणेश वा लक्ष्मीको तस्बिर राख्नु शुभ मानिन्छ । 
  • घरका सबै झ्यालढोका समान उचाइमा हुनुपर्छ । 
  • ढोकाभित्र अर्को ढोका बनाउनु हुँदैन ।
  • घरको माथिल्लो तल्लाको ढोका तल्लो तल्लाको ढोकाभन्दा सानो हुनुपर्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्