फाजितो

नारी संवाददाता

पुस १४, २०७३

सामग्री : चिकेन ब्रेस्ट : २ सय ग्राम, साल्ट पेपर : अलिकति, अदुवा र लसुनको पेस्ट : २५ ग्राम, ओस्टर सस : आधा चम्चा, बार्बीक्यु सस : १० ग्राम, हट गार्लिक सस : १० ग्राम, बटर : १५ ग्राम, क्याप्सिकन : १ वटा, प्याज : १ वटा, गोलभेंडा : १ वटा ।

 

विधि : चिकेन ब्रेस्टलाई सल्ट पेपर, अदुवा–लसुनको पेस्ट तथा ओस्टर ससले मेरिनेट गरी तावामा पाक्ने गरी ग्रिल गर्ने । क्याप्सिकन, गोलभेंडा र प्याजलाई सल्ट पेपर हाली हाफ ग्रिल गर्ने । ग्रिल्ड चिकेनलाई स्लाइसमा काट्ने । सिज्लर प्लेटमा सलाद पत्ता, ग्रिन भेजिटेबल हालेर चिकेन टप गर्ने । ग्रिल चिकेनमा बार्बीक्यु सस तथा हट गार्लिक सस टप गर्ने । त्यसमा बटर हालेर सर्भ गर्ने ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्