श्वेत उपत्यका

अनुपम रोशी

पुस १२, २०७३

तपार्इंलाई थाहा छ, यहाँ मानिसहरू कसरी मर्छन् ? यो रुख, त्यो पहरा, तल बगिरहेको नदी वा यी छाप्राहरू, त्यो गाउँ, त्यो सहर, यी ठूल्ठूला भवनहरू सबैमा मानिसले आफ्नो शरीर सजिलै सुिम्पन्छन् । कोही झुन्डिन्छन् । कोही फाल हाल्छन् । कोही जहर पिएर यही कुनामा विश्राम गर्छन् । कसैले गोली ठोक्छन् र रगत बगाउँछन् । तपाईं यतिबेला पूर्ण आत्महत्याको सहरमा हुनुहुन्छ । एउटा अज्ञात स्तनधारी बोलिरहेको थियो । म मौन भएर उसको कुरा सुनिरहेको थिएँ । 

 

तपाईं एकपटक यो बाटो भएर जानुहोस् । ऊ मलाई निर्देशित गर्छ । म उसको पछि लाग्छु । यतिबेला उसको निर्देशन पालना गर्नुबाहेक अर्को उपाय देख्दिन ।आत्महत्याको सहर π नाम सुन्दै डरलाग्दो र उसको ठाडो निर्देशन थियो, म यो सहरको नि:सर्त यात्रा गरूँ । रुख, पहरा, जंगल, नदी, सहर र गल्लीहरू सुरुवात कहाँबाट गर्ने ? मेरो अगाडि एउटा अन्योल देखा पर्छ । किनभने उसले रुख, पहरा, नदी, गाउँ, सहर, भवन र छाप्राहरू सबैलाई आत्महत्याको सहर भनेको थियो । 

 

चारैतिर अँध्यारो थियो । मध्यरात भएकाले कुकुरहरू पनि भुक्न छोडेका थिए । शून्यताले चारैतिरबाट घेरेको थियो । यस्तो शून्यतालाई कसरी उसले आत्महत्याको सहर भन्न सक्यो होला ? आत्महत्याको सहर त कोलाहलमय हुनुपर्ने मानिसका चिच्चाहट र पीडाका स्वरहरू गुञ्जायमान हुनुपर्ने । फेरि यो शून्यता...π यो अन्धकार कसरी आत्महत्याको सहर हुनसक्छ ? म आफैसँग सोध्छु । मलाई निर्देशित गर्ने त्यो अज्ञात स्तनधारीले मेरो प्रश्नको उत्तर भने दिँदैनथ्यो ।  

 

उसको निर्देशनअनुसार म विष्णुमतीको पुल तरेर हनुमान घाटतिर ओर्लिन्छु । हनुमान घाटका खोलाका ढुंगाहरू मौन थिए । ढुंगाका कापमा अड्किएका फोहोरका चाङ केही विशिष्ट लाग्थे । विशिष्ट लाग्ने कारण निर्वाध रूपमा यो खोला र यी ढुंगाका चपरीहरू हाम्रो अधिकार क्षेत्र हुन् भनेर उनीहरूले स्थान जमाएका थिए । देब्रेतिर एउटा डरलाग्दो पहरा थियो ।

 

तल गहिरो छाँगो जहाँ दिउसो प्रदूषित पानी बगिरहेको देख्न सकिन्छ ।  मेरो यात्रा त्यो पहरा उक्लिनु हो । पहराबाट देखिने संसार सुन्दर छ कि कुरूप म जान्दिनथें तर मलाई अज्ञात स्तनधारीले पहरातिरै अघि बढ्न निर्देशन गरिरहेको थियो । पत्रे चट्टानका पत्रहरू बाटोमा तेर्साे परेका थिए । जतनसाथ टेकिएन भने सीधै तल खोलामा पुगिन्थ्यो । केही माथि पुगेपछि बाटोमा कसैलाई उभिएको देख्छु । 
के मध्यरातमा अरू पनि जंगलमा यात्रा गर्न आउँछन् ? के त्यो अज्ञात तत्वले अरूलाई पनि मलाई जस्तै यो आत्महत्याको सहरमा यात्रा गर्न निर्देशित गरेको छ ? म आफैसँग कुरा गर्दै उसको नजिक पुग्छु । नजिक पुगेपछि थाहा हुन्छ ऊ एउटी केटी थिई । भर्खरकी केटी । ऊ झोक्राइरहेकी थिई ? यो सुनसान ठाउँमा उसलाई देखेर म छक्क पर्छु । तर ऊ छक्क परेजस्तो मलाई लाग्दैन किनकि उसले मलाई देखेर कुनै प्रतिक्रिया जनाएको मैले चाल पाउँदिन । 

 

तपाईं....? म प्रश्न गर्छु ? ऊ बोल्दिन । उसको मौनतालाई अरु डिस्टब गरूँ कि नगरूँ । म दोधारमा पर्छु ।ओके..इ... π बिस्तारै फुसफुसाउँदै म अगाडि बढ्छु । म निरीह.... मलाई आत्महत्या गर्नु छ  π पछाडिबाट एकाएक आएको उसको आवाजले म रोकिन्छु । आत्महत्या ? म ऊतिर फर्किन्छु ।
हो आत्महत्या । उसले उस्तै मुद्रामा भन्छे । वाइ द वे तपाईं किन मर्न चाहनुहुन्छ ? म ऊ भएतिर नजिकिँदै सोध्छु । ऊ फेरि मौन हुन्छे । तल खोलाको ढुंगामा अड्किरहेका फोहरतिर टोलाउँछे ।  
इट्स ओके..इ..π भन्न नचाहनुभएको हो भने कुनै जबरजस्ती छैन तर भन्नुभए तपाईं कसरी मर्दा ठीक हुन्थ्यो सल्लाह गर्न सकिन्थ्यो । यति भनेर म पुन: उकालोतर्फ लम्किन्छु । म मेरी आमालाई घृणा गर्छु π मेरो अगाडि बढेको पाइला रोक्दै उसले सुनाउँछे । म फर्केर उसको नजिक पुग्छु । 

 

आमालाई घृणा ? हो, आइ हेट माई मम π  बट ह्वाई ? छन् केही कारणहरू ।तिमीलाई थाहा छैन होला तिम्रो आत्महत्यामा सबैभन्दा बढी रुने तिम्री आमा नै हुनेछिन् । सो ह्वाट π रोऊन्–नरोऊन् मलाई त्यसको कुनै चिन्ता छैन । आई हेट माई मम ? ऊ पुन: आमाप्रतिको घृणालाई लिएर त्यसरी नै प्रस्तुत हुन्छे । तिमी कस्ती, जन्म दिने आमालाई पनि कसैले घृणा गर्छ ? नेभर, जन्म दिने आमालाई म कुनै पनि अवस्थामा घृणा गर्न सक्दिन । 


म जन्म दिने आमालाई होइन क्रूर शासकजस्तो उनको आवेगलाई घृणा गर्छु । किनभने मेरो आत्महत्याको कारण उनको त्यही आवेग हो । के भयो त्यस्तो जसले तिमीलाई यो जीवन त्याग गर्ने अवस्थामा पुर्‍यायो ? म सोध्छु । उनी मेरो विश्वासलाई विश्वास नगर्ने आमा हुन् । तपाईंलाई थाहा छ उनले मेरो भर्जिनिटी डिस्ट्रोएड गरेकी छन् । ह्वाट डिड यू सेइङ ? यही नै सत्य हो । मेरी आमा एक क्रूर सासक हुन् । म उनको अगाडि आंशिक अपराधी महसुस गर्छु जो म होइन । त्यो कसरी भयो ?
कथा धेरै लामो छैन । म प्लस टु पढिरहेकी केटी हुँ । तपाईं नै भन्नुहोस्, स्कुल–कलेजमा साथीहरू हुन्छन् कि हुँदैनन् ? अवश्य हुन्छन् ।

 

कहिलेकाहीँ साथीहरू घर  आउँछन् कि आउँदैनन् ? आउँछन् । त्यो कुन अनौठो कुरा हो र ?
कुनै दिन मेरा केटा साथीहरू मकहाँ आएका थिए । मेरी आमा घरमा थिइनन् । हामी गफ गरेर बस्यांै र चिया–खाजा पनि खायौं । पछि उनीहरू गए । एउटी छिमेकीले मेरी आमालाई भए नभएका कुरा लगाइन् । मेरी आमाले त्यही कुरालाई विश्वास गरिन् । मैले होइन भने रोएँ, चिच्याएँ । अहँ, उनले मान्दै मानिनन् । मलाई भकुर्न थालिन्, कोपरिन्, चिथोरिन्, शरीरभरि लठ्ठी बर्सियो । मैले नो मम इट्स रंग भनिरहें.. नेभर... सिज डोन्ट विलिभ मी । उसले बरर्र आँसु झारी ।

 

थाहा छ अन्त्यमा उहाँले के गर्नुभयो ? मैले छैन सूचक टाउको हल्लाएँ । उसले बगिरहेको आँसु पुछी र सुरु भई । सी अट्याक्ट टु अट्याक्ट मी....π ऊ रोकिई.. ऊभित्र एउटा दर्दनाक पीडाको ज्वार उठेको मैले महसुस गरें । मैले उसको हात समातें । उसले लामो श्वास लिँदै एकछिन मौन भएर भनी । यू नो त्यसपछि उनले मैले लगाएको लुगा च्यातिदिइन् । मेरो यौनाङ्गमा एउटा खुर्सानी कोचिदिइन्  अनि लठ्ठी पुस गरिदिइन् । म रगताम्मे भएँ । त्यतिबेलै मेरो भर्जिनिटी डिस्ट्रोएड भयो । मेरी आमाले त्यो सब गरेकी थिइन् न कि मेरो केटा साथीले ।

 

डिड यू इम्याजिन ? हाउ डिड मी फिल ? म मौन भएँ, निरुत्तर । उनको भनाइ मेरो सोचभन्दा बाहिरको कुरा थियो । मलाई लाग्छ मर्दा पनि त्यति पीडा हुँदैन होला । जति त्यतिबेला भएको थियो । के एकछिन सँगै बस्दैमा सबैथोक भैइहाल्छ ? उसले सोधी । त्यो त एउटै बेडमा सुत्दा पनि हुँदैन । त्यसका लागि छुट्टै मानसिकता तयार हुनुपर्छ । यो कुरा कसले सम्झाओस् मेरी आमालाई । उनलाई त लाग्छ केटा साथीसँग बस्नु भनेको फिजिकल रिलेसन हुनु हो । उफ्, कस्तो भयानक कुरा, मलाई उसको कुरा सुनेर कम्पन महसुस भयो । 

 

मेरो मन त त्यतिबेलै मरिसकेको हो । अब यो देह मात्र बाँकी छ जसलाई त्याग गर्दा मलाई कुनै अप्ठेरो हुँदैन । म बारम्बार सोच्छु, कसरी आत्महत्या गरूँ ? त्यस्तो कसरी हुनसक्छ ? एउटी आमाले आफ्नी छोरीलाई त्यस्तो आपराधिक सजाय कसरी दिन सक्छे । मलाई विश्वास लाग्दैन उसको कुरा । तर अघि उसले भनेको कुरा सम्झिन्छु । ‘मेरी आमा मेरो विश्वासलाई विश्वास नगर्ने आमा हुन् सो, आइ हेट माई मम ।’ त्यसपछि म उसलाई अविश्वास गरिरहन सक्दिन । ऊतिर हेर्छु । उसको आँखामा झरी देख्छु ।
सरी बेबी, आई रियल्ली बिलिभ्ड यू π र यो पनि की तिम्रो यसमा कुनै गल्ती छैन ।

 

गल्ती हामीले बाँचेको समयको हो जो विषालु सर्प भएर ती आमाहरूको मनमा बास गरेको छ । त्यो आमाको तिमीप्रतिको असुरक्षा हो । उनलाई डर छ–तिमीलाई कसैले मिस युज गरेर छोडिदिने त होइन ? कसैले तिम्रो कलिलो भावनामाथि खेलवाड गर्ने त होइन ? त्यही डरले उनलाई त्यो आवेगमा पुर्‍याएको हुनुपर्छ । प्लिज कन्ट्रोल योर पेन π म उसलाई थपथपाउँछु । 

०००

आई हेट सेक्स π आई हेट बेलडी म्यारिड लाइफ π आई टोटल्ली हेट योंगमेन π एन्ड आई हेट द लाइफ..। देआर चिटर, दे आर लायर... π दे आर युजलेस... महिला आवाज यसरी गुञ्जिन्छ कि पहरामा ठोक्किएर पटक–पटक पराकम्पन भैरहन्छ । यो के भैरहेको छ यो सुनसान रातमा किन यसरी युवतीहरू यो आत्महत्याको जंगलमा आइरहेका छन् ? मैले छातीमा टाँसिएकी केटीलाई त्यो नयाँ आवाजतिर केन्द्रित गर्छु ।

 

युवती बेसरी कराउँदै हामीतिरै आइरहेकी थिई । सायद उसलाई पनि त्यो अज्ञात तत्वले यो पहराको टुप्पोमा पुग्न निर्देशित गरिरहेको थियो । मलाई बाँच्नु छैन अब । आई वाना डाइड π ऊ कराउँदै हिँडिरहेकी थिई । हिँड्दाहिँड्दै ऊ हामी नजिक आइपुग्छे । को हौ तिमीहरू ? किन मेरो बाटोमा उभिएका छौ ? हिँडिरहेको बाटोमा हामी उभिएको देखेपछि उसको आवेग हामीमाथि खनिन्छ । वी आर योर फ्रेन्ड डियर । वी अल सो वाना डाइड π सो कमन, वी आर इन्जोएड द सुसाइड π म भन्छु । मेरो कुरा सुनेर ऊ स्थिर हुन्छे । यस्तो लाग्छ मनमनै उसले आत्महत्याको योजना परिवर्तन गरिरहेकी होस् ।
के सोच्नुभयो ? कम्तीमा हामी सँगै मरौं 

 

न π आ त्यो भन्दा अगाडि हामी डिस्कसन गर्न सक्छौं कि को कसरी मर्दा उपयुक्त हुनेछ । मलाई कुनै कुराको डिसकसन गर्नु छैन । मेरो लोग्ने चिटर हो । घटिया कुकुर हो । युजलेस एनिमल हो । तिमीहरूलाई थाहा छ मैले ऊसँग परिवारविरुद्ध गएर लभ म्यारिज गरेकी हुँ । तर ऊ नपुंसक निस्कियो । फेरि पनि आई लभ हिम । बट हि चिट टु चिट मी । ऊ रुँदै बरबराउँछे ।

 

तपाईंहरूलाई थाहा छ उसले बाहिर केटी राखेको छ । अब मबाट सन्तुष्ट हुँदैन रे । खुलेआम भन्छ म बाहिर सेक्स गर्छु । मलाई तिमीसँग मन भरियो । ऊफ: म के गरूँ ? मलाई शिशु चाहियो टेस्टट्यूव बेबी गरूँ न भन्दा उसको जवाफ के हुन्छ थाहा छ ? अरूको स्पर्मबाट जन्मिने शिशुलाई म हेट गर्छु तर आफू बाहिर अरूसँग सुतेर आउँछ । थुक्क मैले त्यस्तो नपुंसकलाई प्रेम गरिरहेँ । आफ्नो जवानी बर्बाद गरिरहेँ । त्यसले मेरो मनलाई पलपल गरेर मारी दियो । अब मसँग यही शरीर मात्र बाँकी छ । यसलाई बचाउनुको कुनै मूल्य छैन । खोइ मेरो बाटो छोड तिमीहरू, आई वाना डाइड । ऊ रुँदै अगाडि बढ्छे । 
हामी उसको पछि लाग्छौँ । 

 

किन रोएको त मर्ने बेलामा रुनुको अर्थ हो तपाईं मर्न चाहनुहुन्न किनभने तपाईंलाई डर छ कि तपाईं मरेपछि उसले त्यो केटीलाई बाहिर होइन तपाईंको घरमा ल्याउनेछ । तपाईं सुतेको बेडमा सुताउनेछ र त्यो सब गर्नेछ जो हजुर सोच्न पनि सक्नुहुन्न । म परैबाट भन्छु । नेभर म त्यो सब हुन दिन्न । म उसलाई मारिदिन्छु । उसलाई मार्नका लागि त तपार्इं बाँच्नुपर्‍यो नि । त्यसपछि ऊ रोकिन्छे । अब हामी तीनजना सँगै हुन्छौँ ।


०००


म लाछी हँु, निकम्मा हँु, युजलेस कन्डम हुँ । मलाई मर्नु छ । एउटा युवक देखा पर्छ । मेरी स्वास्नी मेरै अगाडि आफ्नो बोससँग हिँड्छे । मेरो बिजनेस डामाडोल भयो । म सडकमा पुगेँ । हारेको मानिससँग जिन्दगी बिताउन कठिन भयो रे उसलाई । तपाईंहरूलाई थाहा छ ? मैले कति दु:खले पढेको हुँ ? कति संघर्ष र मेहनतले त्यो बिजनेस खडा गरेको हुँ । तर अब त्यो संघर्षको कुनै मूल्य छैन । म बेरोजगार भएको छु । भूकम्प र नाकाबन्दीले मेरो बिजनेस ओरालो लाग्यो । मैले महिनैपिच्छे तिर्नुपर्ने बैंकको किस्ता तिर्न सकिन । मेरो घर–गाडी लिलाम भयो । अब म उसका इच्छा–आकांक्षालाई पूरा गर्न सक्दिन । दिन प्रतिदिनको तनावले मेरा इन्द्रियहरू निष्क्रिय बन्दै गएका छन् । उसले मेरा तिनै इन्द्रियहरूलाई घृणा गर्छे । सो आई हेट द लाइफ...आई वाना डाइड ।

 

हामी उसको अगाडि मौन भएर उभिन्छौं । उसले मसँगै उभिएका निरीहता र उक्त युवतीलाई हेर्छ जो आत्महत्याका लागि यो यात्रामा थिए । प्लिज जोइन अस π म उतिर हेर्दै भन्छु । ऊ अलमलिन्छ । सम्भवत: उसलाई विश्वास भैरहेको थिएन । यो संसारमा अरू पनि छन्  जो यतिबेलै आत्महत्या गर्न हिँडिरहेका छन् ।


०००


‘उनीहरूले मलाई बलात्कार गरे । सामूहिक बलात्कार । यी हेर्नुहोस् मेरो मस्तिष्क च्यातिएको छ । छाती छियाछिया भएको छ । यतिले मात्र पुग्दैन भने म अरु पनि देखाउनसक्छु । उनीहरूले ममाथि गरेको राजनीतिक वीर्यपात मैले पखालेको छैन । तपाईं फोरन्सिक जाँच गर्न सक्नुहुन्छ । ब्लड स्याम्पल लिएर डिएनए म्याच गर्न सक्नुहुन्छ । जसले मेरो मस्तिष्कका सपनाहरू च्यातिदिएका छन् । सोचाइको इज्जत लुटिदिएका छन् । मेरो वैचारिकता नांगो भएको छ ।  

 

यस्तो लाग्छ मेरो मस्तिष्क गर्भवती भएको छ । जहाँ एच. आई. भी. संक्रमित भाइरसहरू बोकेका अनेकौं प्रश्न हुर्किरहेका छन् । दिनदहाडै भाइरस चलमलाउँछन् र मलाई उखरमाउलो पार्छन् । म आफ्नी आमालाई चिन्दिन । मेरी प्रेमिकालाई चिन्दिन । म आफैलाई पनि चिन्दिन । यत्ति थाहा छ म हिँड्ने बेलामा मेरी आमाको आँखाबाट आसुँको थोपा मेरो हत्केलाको बीच भागमा खसेको थियो । जसलाई घुटुक्क पिएर मैले छातीमा अड्किएको अप्ठेरो गाँठो निलेको थिएँ । 

 

हरेक बिहान आँगनभरि झथ्र्यो पारिजात । पारिजात टिप्ने निउँमा ऊ मलाई भेट्न आउँथी र टिप्थी पारिजातको फूलजस्तै सुन्दर प्रेमको फूल । मात्रै, ‘बोट नहल्लाउनू फूल आफै झर्न दिनुपर्छ’ भनेको सम्झना छ । आज कहाँ छ त्यो पारिजातको बोट, कहाँ छिन् पारिजात टिप्न आउने मेरी मायालु ? 
मेरो टोल–छिमेक र साथीहरू यतै कतै विलीन भएका छन् ।

मलाई बलात्कार गर्ने बलात्कारीबाहेक अरुको स्मृति हराएको छ । किनभने एक हूल सपना बोकेर सभ्यताका शासकहरू मेरो खप्परभित्र प्रवेश गरेका थिए । त्यतिबेला मेरो मस्तिष्कले ती सभ्यताका शासकहरूप्रति विश्वास गरेको थियो । कुनै प्रोटेक्सनबिना मैले उनीहरूलाई साथ दिएको थिएँ । त्यतिबेलादेखि उनीहरूले पालैपालो मेरो चेतनालाई बलात्कार गरे । म पटक–पटक बलात्कृत भैरहेँ । मेरो मस्तिष्क व्यवस्था भत्कियो । गिदीको संरचना नै उलटपुलट भयो । हिजोआज मलाई मान्छे, मान्छेजस्तो लाग्दैन । यो चलिरहेको हावामा कार्वनडाइअक्साइड मात्र देख्छु π रुखका पातहरूले विष बमन गरिरहेजस्तो लाग्छ । 

 

ती कुँदिरहेका गाडीभित्र मानिस छन् कि इबोला भाइरस ? यो सहरको भीड हो कि कुनै जीवाणुको संक्रमण...... ? छुट्याउनै कठिन भएको छ । ती निर्लज्ज बलात्कारीबाहेक म कसैलाई चिन्दिन । मेरी आमा ईश्वरको अदालतमा न्याय हुन्छ भन्थिन् । खोइ कहाँ छ त्यो ईश्वर ? उसले पनि ती बलात्कारीलाई चिन्न मानेन । म एक्लो भएँ । मैले न्याय पाइन । अब म मर्न चाहन्छु... 
केही अघि बढेपछि अर्को मानिस यसरी कराइरहेको भेटिन्छ । यस्तो लाग्छ उसले बोलिरहेको शब्द हामी सबैको दर्दनाक कथा हो ।  

 

म उसको चित्कारमा आफूले बाँचिरहेको युगको क्रन्दन सुन्छु । उसको स्वरमा हामीले बाँचेको युग इको भ्वाइलेन भएर गुञ्जिरहेको थियो । ती लाखांै बेरोजगार सर्टिफिकेटको सामूहिक चित्कार । पासपोर्टको लाइनमा उभिएका परदेशी सपनाहरूको इको भ्वाइलेन । अभावले बढ्दै गएको अराजकताको इको भ्वाइलेन........ π ऊ यो सिंगै मुलुकको प्रतिनिधि पात्र थियो र आत्महत्याको रोगले च्यापेको एउटा गम्भीर प्यासेन्ट । 

 

यतिबेलासम्म आत्महत्या गर्न हिँडेका मानिसहरूको एउटा समूह तयार भैसकेको थियो । सबैलाई त्यो अज्ञात स्तनधारी यही पहरा उक्लिन पठाइरहेको थियो । जसमा युवा, युवती, बूढा–बूढी  र प्रौढ सबै थिए । सबैको इच्छा  अब यो सांसारिक दु:खबाट मुक्ति प्राप्त गर्नु थियो । अहंकार, पीडा र लालचको राक्षसलाई सबैले त्यतै कतै छोडिसकेका थिए । बाँकी थियो त केवल एउटा इच्छा जो मृत्युसँग जोडिएको थियो ।

 

हामीहरू अब मिलेर त्यो पहरा चढ्छौं र त्यसको टाकुरामा पुग्छौँ । त्यहाँ झलमल्ल उज्यालो पोखिएको एउटा श्वेत उपत्यका देखा पर्छ । जहाँ ढकमक्क फुलिरहेका गुराँसहरू देखिन्छन् । कलकल बग्ने नदी, स्वच्छ हावा र ऊर्वर जमिन देखिन्छ । म सबैको अनुहारमा हेर्छु । एउटा बेग्लै प्रकारको उत्सुकताले जन्म लिएको थियो । मानिसहरू आफ्ना पीडा, गुनासा र अप्ठ्याराहरू बिर्सेर एक–अर्कालाई अंकमाल गरिरहेका थिए । एउटा आत्मीयता, मित्रता र खुसीको जन्म भैरहेको थियो । आत्महत्याको रोग र अज्ञात स्तनधारीलाई सबैले बिर्सिसकेका थिए । 

 

म त्यो आत्महत्याको सहर र अज्ञात स्तनधारीलाई अन्तिम पटक स्मरण गर्छु र श्वेत उपत्यकामा विलीन हुन्छु । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्