ब्रुसेटा विथ टोमाटो एन्ड बेसिल

नारी संवाददाता

पुस १०, २०७३

सामग्री : गोलभेंडा ८ वटा, २ पोटी लसुनलाई स–साना टुक्रा गरेको, एक्स्त्रा भर्जिन ओलिभ आयल १ चम्चा, ६–७ वटा पुदिनाका पातलाई मसिनो गरी काटेको, कालो मरिच तथा नुन स्वादअनुसार, भेनेगर १० मिलिलिटर, सुगर २ ग्राम र ब्रेड वा बम ५–६ पिस ।

 

विधि :  एउटा भाँडामा गोलभेंडा, पुदिना, भेनेगर, सुगर, तेल, लसुन, कालो मरिचको धूलो, नुन राखेर मिक्स गर्ने । ग्रिलमा मिडियम हिट बनाई ब्रेड १–२ मिनेट राख्ने । केही खैरो भएपछि ओभनबाट निकालेर बीचमा बमलाई काट्ने । त्यसमा तयार पारेको मिक्सरलाई राखेर सर्भ गर्ने । ब्रुसेटा इटालियन खानामा रुचाइएको परिकारमध्ये एक हो । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्