फिस एन्ड चिप्स

नारी संवाददाता

पुस ८, २०७३

सामग्री : बासा माछा ३ सय ग्राम, मैदा ५५ ग्राम, कर्नफ्लोर ५५ ग्राम, नुन–मरिच स्वादअनुसार, बेकिङ पाउडर १ चम्चा, पानी ७५ मिलिलिटर, पोटाटो चिप्स २ सय ग्राम, सलादका लागि काँक्रो, गाजर, बन्दा, लेमन ओयली सस २५ मिलिलिटर ।

विधि :  एउटा ठूलो भाँडामा दुई चम्चा मैदा, एक चम्चा कर्नफ्लोर, बेकिङ पाउडर, नुन–मरिच हालेर मज्जाले फिट्ने । त्यसमा पानी हालेर अझ नरम बनाउने । त्यो मिक्स्चरमा माछालाई डुबाई एक घन्टाजति फ्रिजमा राख्ने । एक घन्टापछि माछालाई फ्रिजबाट निकालेर फ्राई गरी ब्राउन र क्रिस्पी बनाउने । यो खाना ब्रिटिस खानामा एक पर्छ । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्