पिठ्युँ तथा गर्धनको पीडा

उपासना पाण्डे

मंसिर २९, २०७३

डा.पंकज जालान, स्नायु रोग विशेषज्ञ, नर्भिक इन्टरनेसनल हस्पिटल

३५ वर्षीया उर्मिला केसी कामकाजी महिला हुन् । कुर्सीमा बसेर काम गर्दा उनको पिठ्युँ दुख्न थालेको छ । यसैगरी ४५ वर्षीया आशालाई पनि हिजोआज टेलिभिजन हेर्दा गर्धन दुख्छ । महिलाहरूलाई बढी मात्रामा पिठ्युँ तथा गर्धन दुख्ने समस्या हुने गरेको छ । नर्भिक इन्टरनेसनल हस्पिटलका स्नायु रोग विशेषज्ञ डा. पंकज जालानका अनुसार २०–२५ वर्षको उमेरपछि बिस्तारै ढाडको हड्डी खिइन थाल्छ ।

निहुरेर काम गर्नुपर्ने भएकाले यस्तो समस्या सिर्जना भएको हो । बालबालिकाहरूको स्याहार, घर अनि अफिसको काम आदि जिम्मेवारी पूरा गर्ने महिलामा यो समस्या अझ बढी देखा पर्छ । 

कसरी छुटकारा पाउने ? 

  • पिठ्युँ दुख्ने समस्याबाट मुक्तिका लागि बस्दा सोझो बस्ने । पिठ्युँलाई सपोर्ट दिने । 
  • अडेस लगाएर बस्ने । 
  • कुर्सीमा लगातार बसेर काम गर्नुपरे बेला–बेलामा ब्रेक लिने । 
  • गर्‍हुंगा सामान नबोक्ने । 

गर्धनको पीडा 

  • टेलिभिजन हेर्दा, कम्प्युटर तथा ल्यापटपमा काम गर्दा गर्धनको पीडासम्बन्धी समस्या उत्पन्न हुन्छ । 
  • गर्धनलाई न्युट्रल राख्नुपर्छ । 
  • अग्लो सिरानीको साटो पातलो तथा नरम सिरानी प्रयोग गर्नुपर्छ । 

पिठ्युँ  तथा गर्धनको पीडाबाट हातखुट्टामा असर पर्न सक्छ । त्यसबाट हातखुट्टाको नसा च्यापिने, झमझम गर्नेजस्ता समस्या उत्पन्न हुन्छन् । त्यसैले समयमै चिकित्सकको सहयोग लिनुपर्छ । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्