सिद्धार्थ आर्ट ग्यालरीमा ‘डिभाइन डेब्रिस’ प्रदर्शनी

नारी संवाददाता

मंसिर २७, २०७३

 

यतिबेला सिद्धार्थ आर्ट ग्यालरी आर्टिस्ट मीना कायस्थको सिर्जनाले भरिएको छ । नोभेम्बर २७ बाट सुरु भएको चित्रकला प्रदर्शनीमा मीनाले भूकम्पले भत्काएका एवं काम नलाग्ने सामाग्रीहरू संकलन गरेर तिनमै आफ्नो प्रतिभा पोखेकी छिन् । 

सन् २०१५ मा पहिलो एकल चित्रकला प्रदर्शनी गरेकी मीनाले ऊबेला निकै प्रशंसा कमाएकी थिइन् । त्यही विगत बबरमहलको सिद्धार्थ आर्ट ग्यालरीमा अहिले दोहोरिएको छ । ‘डिभाइन डेब्रिस’ शीर्षकमा आयोजित उक्त प्रदर्शनीमा नवदुर्गाका साथै अन्य विभिन्न देवीदेवताका आकृतिहरू अवलोकन गर्न सकिन्छ । 

यसअघि बंगलादेश र अमेरिकामा चित्रकला प्रदर्शनी गरिसकेकी मीना अब छिट्टै जर्मनीमा पनि प्रदर्शनी गर्ने योजनामा छिन् । डिभाइन डेब्रिस करिब एक महिनासम्म चल्नेछ । 

प्रस्तुति : मोनिका मल्ल 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्