वैवाहिक सम्बन्ध बन्धन होइन

निर्मला सापकोटा सन्जेल

मंसिर २२, २०७३

हाम्रो समाज पितृसत्तात्मक छ । यहाँ पुरुषले नारीलाई विवाह गरेर ल्याउँछन् । समाजले दिएको यौन सम्बन्धको छुटको परिपक्व रूप विवाह हो । विवाह पुरुष र नारीको आपसी समझदारीमा निर्धारण हुन्छ । यो सम्बन्धले एउटा परिवार बन्छ र क्रमिक रूपमा समाजको संरचनाको निर्माण हुन्छ । पाश्चात्य देशमा विवाह गर्न र तोड्न धेरै समय लाग्दैन भने हाम्रो समाजमा त्यो चलन छैन । जसले सामाजिक सञ्जाल फराकिलो पाइन्छ ।

 

अहिले आएर पाश्चात्य देशको जस्तै वैवाहिक सम्बन्ध विभिन्न कारणले असमझदारी हुँदा सम्बन्ध आपसमा तोडिएका छन् । त्यो पनि शिक्षाका पहुँचका कारण महिलाले मानसिक यातना सहन नसकेर बाहिर आवाज उठाई आफ्नो सहजतामा बाँच्न चाहेर ल्याएका छन् भने कतिपय पुरुषले यस्ता कारणबीच सहज वातावरण सिर्जना गर्न नसक्दा सम्बन्धविच्छेदको परिस्थिति सिर्जना भएको छ । नारीका लागि यो स्थितिमा कानुन बलिया बने । जसअनुसार आफ्ना दबिएका पीडित आवाजलाई बुलन्द गरे । 

 

यो परिवर्तनलाई समाजको आवश्यकता नै ठान्नुपर्छ किनकि समाज सधै परिर्वतनगामी हुन्छ । पुराना कुरालाई नयाँ ज्ञान र सीपले प्रतिस्थापन गरिन्छ । यो विकासको अघि बढ्ने आधार हो । कुनै पनि मानिस शारीरिक रूपमा सबल हुनु  ऊ मानसिक तवरले बलियो हुनुपर्छ । तबमात्र उसले दैनिक आफ्ना क्रियाकलापलाई सहज रूपले संचालन गर्न सक्छ । हामी नारी हौं, हामीलाई विवाह गरेर ल्याइन्छ । घरको कामकाज, इष्टमित्रको सौहार्द्रता, श्रीमान्को हेरचाह, बालबच्चाको लालनपालन हाम्रो दायित्व अवश्य हो र पुरुषले पैसा कमाउने र घरलाई व्यवस्थित गर्ने, तर नारी अब त्यतिमा मात्र सीमित छैनन्। पुरुष सरह जिम्मेवारी काँधमा बोकेर उनीहरू पनि आफ्नो क्षमता प्रस्तुत गर्न सक्छन् ।

 

तसर्थ उनिहरूलाई पनि ती स्वतन्त्रता दिनुपर्छ । जसभित्र उनीहरू क्षमताअनुसारका काममा सहभागी गराई उनीहरूलाई हौसला र प्रेरणा भरिदिन सक्नुपर्छ । तबकात्र वैवाहिक सम्बन्ध नारीलाई कहिल्यै बन्धनको हावी हुँदैन । घरको चार दिवारभित्र संकुचित बनाएर राखिनु हुँदैन । उसले हासिल गरेको शिक्षा, सिक्न र बुझ्न चाहेका सीपमूलक तालिममा सहभागी गराई हौसला साथ सहयोग र प्रेरणा विवाह गरेको हो भने उनीहरूको परनिर्भरतालाई पनि घटाउन सकिन्छ ।


आत्मविश्वास बनाउन सकिन्छ । वैवाहिक जीवन हौसलादायी रहन्छ एक–अर्कालाई हैन दृष्टिकोण सकारात्मक रहन्छ । आपसमा प्रेम, सद्भाव प्रस्तुति बहन्छ । जिम्मेवारीबोध हुन्छ जसले गर्दा वैवाहिक जीवन सधैँ हौसला र प्रेरणादायक बन्छ । प्रकतिले कमजोर रूपमा दिएको नारी जीवनलाई संकुचित दायराभित्र राख्दा त्यसको विकास न्यून हुन्छ, क्षमता सबैमा हुन्छ । मात्र फरक धेरै र थोरैको रहन्छ । ती क्षमता प्रस्तुत गर्ने अवसर वैवाहिक बन्धनमा  बाँधिएका नारी उही र उत्तिकै प्राथामिकता साथ दिनुपर्छ ।

 

जसले मानसिक रोगको सिकार हुँदैनन् जीवनमा आइपर्ने अप्ठ्यारासँग लड्न सक्छन्  । यो बाटोलाई केही थोरै वर्गले मात्र बुझिदिएको हुँदा धेरै  वैवाहिक जीवन बिताइरहेका नारीहरू भित्रभित्रै पिल्सिएका छन् । ती सबै र समुदायकाले बुझिदिएर यसमा चेतानाको स्तर वृद्धि गरिनुपर्छ ।                                                                      

  
 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्