क्याफेमा चिसो चिया र कथा

कल्पना आचार्य

मंसिर २२, २०७३ 

यतिबेला म सहर नामको एउटा अव्यस्थित बस्तीभित्र कहिल्यै नउकासिने गरी भासिएकी छु अथवा यसो भन्दा पनि हुन्छ अब मेरो जीवनको कुनै गन्तव्य छैन । अब मेरा दैनिकीहरू छोरीका आवक्यतामा गएर टुङ्गिन्छन् अनि छोराको भविष्य र श्रीमान्को अपेक्षामा गएर रोकिन्छन् । पहिले म छोरीजस्तै सपनाहरूले भरिभराउ थिए । त्यतिबेलाको प्रसङ्ग सुरु गर्नुभन्दा अगाडि मैले मेरो परिवेशको चर्चा गर्नु जरुरी हुन्छ । त्यो परिवेशभित्र म छु मेरो गाउँ छ ।

 

सधै मेलापात, गाईवस्तु, घाँस दाउरामा जीवन धकेलिरहने केही जोर पात्रहरू, वर्षौदेखि चल्दै आएको उही सोच, मान्यता र पम्पराबाट चलिरहेको जीवन गाउँका हरआवश्यतालाई धक फुकाएर पूरा गरिदिने गुनिलो गाईजस्तो नजिकैको वनको विषयमा पनि मैले चर्चा गर्नुपर्छ । गाउँका  भूरा केटाहरू बाख्रा फुकाएर वनतिर चराउन जान्थे भने भुरा केटीहरू स्याउला वा घाँस काट्न जानु गाउँको परम्परा नै थियो । त्यसो त नजिक प्राथमिक स्कुल नभएको पनि होइन तर सधै कुल जानु समयको बर्बादी हो भन्ने धारणा थियो । बूढापाकाको । त्यसैको सजाय भोग्थ्यौं हामी ।

 

रातामाटे डाँडो काटेपछि एउटा अर्चले पाखो आउँथ्यो अर्चले पाखाको पारिपाट्टिघाँघर  खोलो सुसाउँथ्यो  । बतासे मान्छेजस्तो यो खोलाको कुनै भर थिएन । माथि शिरतिर पानी पर्दा त्यतिकै उर्लन्थ्यो अनि फेरि क्षणमै शान्त बन्थ्यो । त्यसैले मानिसहरू यसको नाम बिगारेर बौलाहा खोलो पनि भन्थे । सन्दर्भ अर्चले पाखोसागै जोड्न् छ मैले । लगातार झरी परिरहेको त्यो दिन अर्चले पाखामा हामी रुझेको बिरालाजस्तै भएका थियौं । भर्खर १२ औं वसन्तमा हिाडिरहेका मेरो कलिलो शरीर र पचासको डाँडो  काटिसकेकी साइाली बज्जै, मान्छेका मनमा हामी दुई प्राणी मात्र थियौं– त्यस दिन त्यो पाखोमा । घरिघरि पानी रोकिन्थ्यो घाँसमा  झुम्मिएका भुसुना हाम्रा खुट्टामा ओइरिन्थे बेस्सरी नटोके पनि सार्‍है चिलाउँथ्यो तिनले टोकेपछि । 

 

पानी रोकिने कुनै छेकछन्द थिएन । बज्यै दिक्क मानेर सानो बोटको आत लाग्दै  पल्टिन । म भने कुक्रुक्क परेर बसिरहें । बज्यैको फरिया अलिकति माथि सरेको थियो मेरा आँखा तिनका पिँडौलामा गएर ठोक्किए । आँखाले सहज दृश्य देखेन, एक्कासी आत्तियो । हजुरआमाका खुट्टाभरि नीलडाम थिए, भर्खरै कतै कुटिएर फर्किएजस्तो । त्यस्तो खुट्टाले बज्यैले यति लामो बाटो कसरी पार गरिन् र त्यति धेरै नीलडाम किन र  के ले र कसरी र मेरो मनमा प्रश्नहरू ओइरिए । बज्यै के भएको र नीलडाम भएको ठाउँमा  बिस्तारै हातका पञ्जाहरूले छुृदै मैले भनें । 

 

लामो समय धुम्मिएको आकाशबाट पानीका थोपा चुहिएजस्तो बज्यैको परेलाबाट बिस्तारै आँशुका ढिक्का झरे । बज्यै त्यसलाई लुकाउन र आफूलाई सहज बनाउन हरसम्भव प्रयत्न गर्दै थिइन् । कुराको प्रसङ्गलाई मोड्दै बज्यैले भनिन् ‘कान्छी जाम्, अब पानी रोकिएला जस्तो छैन जति छ त्यति बाँध्न थालम् ।’ रहस्यको ढोका नखोलिएपछि मैले फेरि सोधें ‘भन्नुहोस् न बज्यै तपाईको खुट्टामा के भएको हो र’ फन्दामा परेको कैदीजस्तो बज्यैको अनुहारमा घोर पीडा र छटपटीका रेखाहरू चलमलाएको अनुभव गर्न सक्थे म । ‘के गर्छेस कान्छी, छोरीको जात हारेको जुनी अर्काले जति गरे पनि सहेरै बस्नुपर्दो रहेछ । सात गाम्लो माझाँ हाई हाई भर बसेका छन् उनी, मलाई सधै यस्तै’ बज्यैको आरोप बाजेप्रति हो भनेर बुझ्न मलाई बेर लागेन । 

 

सवनमले कथाको यति भाग भनिसकेपछि पेज पल्टाउन खोजिन् । मैले उनलाई रोकें अब तिम्रा कथा बन्द गर । मैले भनें– तिमी फेरि शोषित, पीडित, थिचिएको दमन भएको नारी सधै विवश भएर रहेको कथा लेख्यौ होइन त र सधै शोषण्को मात्र कति लेख्छ्यौं र अब तिम्रो कलम समानतातर्फ दौडिनुपर्छ अब नारीले युद्ध जितेको कथा लेख्नुपर्छ, अब पुरुषका पनि राम्रो कुराहरूका वर्णण गर्ने गरी लेख्नुपर्छ । अब एकताका कुरा लेख्नुपर्छ, अब म नारी तिमी पुरुष तिमी यो कुराले नराम्रो, म यो कुराले राम्रो भनेर, पुष्टि गर्ने होइन अब दुबैका राम्रा कुरालाई निरन्तरता दिने नराम्रा कुरालाई सधैका लागि फ्यााक्ने गरी लेख्नुपर्छ । 

 

यो सभ्य मानिसहरू बस्ने युग हो । मानवीय बर्बरतालाई जरा उखेल्ने गरी लेख्नुपर्छ न कि नारी–पुरुष र मैले एकै सासमा भनें । यतिबेला कपको चिया चिसो भैसकेको थियो । कथामा हामी यसरी डुबेछौं कि हाम्रो चियाको तातो गायब भैसकेछ । ‘तिम्रो कुरा गलत होइन तर जब अन्याय–अत्याचारविरुद्ध कलम उठाइदैन तब कहाँबाट आउँछन् समानताका कुरा र अग्रगमनमा जानका लागि प्रतिगमन सचिचनैपर्छ होइन र र गाउँ–बस्तीका व्यथाहरूलाई नकेलाई हामी समाताको युगसम्म पुग्न सकौंला र  के युग भनेको दुई–चार जना पढेलेखेका बुद्धिजिवीहरूको मात्रै हो र चिसो चिया घुट्काउादै सवनमले भनिन् । हामी दुई युवतीको यो बहस वरिपरिका दुई–चार जना चाखपूर्वक सुन्दै थिए । कलेज सकिएपछि हामी सधै चिया खान जाने बानेश्वरको क्याफे आज अलि भीडभाड नै थियो ।

 

यो भीडभाड आजैदेखि सुरु हुन लागेको ३ घन्टे सडक नाटकका लागि हो उनले भनिन् । के अब कथाको पात्रको जीवन तिमी त्यसरी अन्याय सहने सरल र कोमल युवती बनाइदिन्छ्यौं त रु त्यसो गर्‍यौं भने म पात्रमाथि अन्याय हुन्छ उसलाई यो युग हाँक्ने, समाजलाई परिवर्तनतिर बदल्न सकने महान नारी बनाऊ । मैले भने तर कथाको अग्रभागमै ऊ समाजको बन्धनभित्र त बााधिइसकेको छे अब उनको दैनिकी त कुशल गृहिणीमा सीमित भैसकेको छ । के गृहिणीले त्यसबाहेक अरू केही गर्न सक्ली र सवनमले जिज्ञासु पाराले सोधिन् । प्रयास गरिरहे गृहिणी हुनु जीवन समाप्त हुनु होइन । आज हामीले सोसोलोजीको कक्षामा पढेको कुरा बिस्र्याै र मैले भनें । 

 

अब जाउ एकछिन साइबरमा बसौं गुगललाई दुई–चार कुरा खोज्न लगाउनु छ अनि दाइलाई अमेरिका मेल पठाउनु छ । मैले अनुरोधको शैलीमा भने । केही क्षणको साइबर बसाईपछि हामी छुट्टियौं, म कोठामा आएँ खाना खान मन लागेन । सवनमको कथा आाखावरिपरी सजीवन चित्र बनेर नाचिरह्यो सााच्चै कस्तो होला त्यो सभ्य समाज जहाँ मानव सिंसा हुँदैन, मान्छेले मान्छेसँग डराएर आफ्ना स्वतन्त्र मनहरूमा भोटे ताल्चा  लगाउनुपर्दैन, मान्छेसँग डराएर कानुन नामका बडा–बडा ठेली, सुरक्षा नामका संवेदनहिन बन्दुहरू, तयारी अवस्थामा राख्नुपर्दैन ।

 

साँच्चै त्यो युग धर्तीमै स्वर्गीय राज्य स्थापना भएको युग हुनेछ । सम्झदै मन शान्त भएर आयो । अब नारी–पुरुष होइन मानव हिंसाबिरुद्ध डटेर लड्नुपर्छ । सोच्दासोच्दै रातको ११ बजिसकेछ मोबाइलको म्यासेज टोन बज्यो खोलेर हेरे सवनमको रहेछ । उनी भन्दै थिइन– मैले दिउँसोको कथा पूरा गरो नि म भोलि कलेज सकिएपछि सुनाउँछु है । उनको म्यासेजले मेरो मन उत्सुकताले भरियो । सवनमले कथालाई कसरी अघि बढाइन् रु म पात्रको जीवन कुन बेला आँखा लागेछ पत्तै पाइन, एकैपटक पाँचबजेको आर्लामले ब्युाझायो । 

 

हतारहतार तयार भएर कलेज पुगें सवनमको अनुहार निकै खुलेको थियो । युद्ध जितेर फर्किएको सिपाहीजस्तो । उनी निकै उत्साहित देखिन्थिन् । मैले आज कक्षामा पढाएको केही पत्तो पाइन मेरो सम्पूर्ण ध्यान बााकी कथा सुन्ने समयको प्रतीक्षामा थियो । मन नलागेपछि यति नजिकै बोलेको पनि नसुनिने कस्तो अचम्म † हाम्रा ज्ञानेन्द्रियहरू पनि त निर्जीव रहेछन् । जतिबेला ध्यान छ, मन छ मात्र त्यतिबेला यिनमा जीवन भरिन्छ यिनले काम गर्छन् नत्र यी सब निर्जीव रहेछन् कुनै काम नलाग्ने फगत जडवस्तु । अन्तिम पिरियड सकिएपछि फेरि पनि क्याफेमा गयौं मैले चिया मगाएँ । सवनमलाई कथाको बाँकी भाग सुनाउन भनें । उनी बाँकी कथा पढ्न थाली । 

मेरो मस्तिष्कमा बाजेको सजीव चित्र फनफन्नी नाच्न थाल्यो, उनको त्यो मीठो बोली सामाजिक सेवामा उनको सक्रियता, गाउँमा गाह्रोसाह्रो पर्दा उनले गर्ने सहयोग, गाउँमा वादविवाद पर्दा उनले दिने न्याय यति धेरै गुण भएको गुनिलो वृक्षमुनि यस्तो विष घुँडा धस्रेर बसेको छ भन्ने कुरा सजिलै पत्याउने कुरा थिएन तर कुरा साँचो हो भनेर बज्यैको खुट्टाका प्रमाणहरू बोलिरहेका थिए । बज्यै यो सब हुनाको कारण के हो र किन कुट्नु भो बाजेले र मैले आक्रोशित हुँदै भनें मेरो शरीर काँपिरहेको थियो अलिअलि जाडोले अनि अलिअलि आक्रोसले । 

 

के हुन्थ्यो र कान्छी उही त हो नि । त्यो ‘उही’ भित्र ज्यादै दर्दनाक व्यथा लुकेको कुरा मैले नचाँदा पनि बुझ्न बाध्य भएँ । तँ पनि ठूली भैसकेकी छस् तैले पनि अब बुझ्नुपर्छ बाबै यस्ता कुरा । पढेर ठूलो मान्छे हुनु आफ्नो खुट्टामा उभिनु अनि मात्र विवाह गर्नु । बज्यैको एक–एक शब्दमा पीडाका लपेटाहरू ह्वारह्वार निक्लन्थे । आफूप्रतिको पीडाको बदला मैले लिइदियोस् भन्ने चाहन्थिन् उनी । तपाईं कति सहेर बस्नुहुन्छ ? किन बाजेको विषयमा कसैसँग केही भन्नुहुन्न ? मैले भनें ।

 

पहिलो कुरो त सात गाम्मा हाइहाइ भाको तेरा बाजेका बारेमा मैले भनेर कसले मलाई पत्याउलान् र ? दोस्रो कुरा अब शरीरले भर पाउन छोडिसकेका बेला तेरा बाजेसँग मुन्टो जुधाएर म कसको शरणमा जाम् ? त्यतिबेला सहेर बस्नुहोस् भन्नु भन्दा मेरो कलिलो मस्तिष्कले अरु कुनै विकल्प देखेन तर मेरो मनले के निक्र्योल गरिसकेको थियो भने म अन्याय सहेर पक्कै बस्दिन आफूविरुद्ध हुने हरप्रकारको हिस्सासँग म डटेर लड्छु । 

त्यही घटनाबाट प्रभावित भएर मैले कानुन पढें तर क्रिया सार्न बोझबाट उम्कन बाबाले मेरो सपनाहरूको आगो लगाइदिनुभयो, विवाहको माला मेरो जीवनको पासो बन्यो । विवाह पछि पढाइ रोकियो । बच्चाबच्ची भए । कहिले ममाथि अत्याचार हुन थाल्यो लगातार । असल बुहारी, आमा, भाउजु, यस्तै–यस्तै अनेकौं सम्बन्धहरूप्रति पूरा गर्नुपर्ने जिम्मेवारी पूरा गर्दागर्दै मेरा व्यक्तिगत इच्छा–अकांक्षा लक्ष्य केही थिएनन । त्यो अस्तित्व पूर्णरूपमा हस्तान्तरण भैसकेको थियो विभाजित भएर । 

 

रामजी सर हाकीमदेखि पिउनसम्मका व्यक्तिहरूको प्रिय नाम हो भनेर उनका साथीहरूले सुनाउँदा मेरो रगत तातेर आउाथ्यो । त्यही व्यक्तिसँग बस्दा म कुनै पिँजडामा पखेटा काटिएकी चरीजस्तै अनुभव गर्छु त्यस्तो कुनै दिन हुँदैन जुन दिन मैले कुनै नकुनै बहानामा पीडा खप्न नपरेको होस्, आखिर मेरो भागमा पनि त सहनु नै लेखेको रहेछ जसरी बज्यै सहन्थिन । 

 

उनीसँग जोरी खोजेर म कहाँ जाऊँ ? माइतिमा आमा–बुवा नै धेरै छन् के ए्क्लै बसेर समाजको कलेजो काट्ने छुरा आरोप खेपेर बाँच्न सकूाला ? बाबाको इज्जतको पनि त प्रश्न छ के म आफ्नो घर भत्काएर बाबाको इज्जतमा आँच पुर्‍याऊँ ? अनि केटाकेटीको भविष्य रु यी कुराहरू नै मैले आजसम्म यो सब सहने कारण बनेका छन् । पुरुष आफ्नो पुरुषत्व देखाइरहेका छन् लगातार कहिले बाजे भएर कहिले रामजी सर भएर रु के फरक छ यी दुईमा ?  बाजे–बज्यैका पालाका कयौं बज्यैका पीडकका प्रतिनिधि पात्र हुन् रामजी सर आजको पालाका । 

 

रंग फरक, चरित्र एउटै, ढंग फरक तर प्रकृति एउटै । अन्याय गर्न गजबको काइदा बाजेले यिनलाई सुम्पिएको यिनले छोरालाई सुम्पदैछन् । हामी सहिरहेछौं लगातार कहिले बज्यै भएर, कहिले म भएर, भोलि मेरी छोरी भएर । छोरी सम्झनासाथ मन ढक्क फुल्यो आज मैले आवाज उठाइन भने भोलि छोरी पनि मजस्तै चुपचाप सहिरहनेछ सुरुवात हुनैपर्छ कसै न कसैबाट ।

 

जुरुक्क उठें आफूमाथि भैरहेको हिंसाविरुद्ध रिपोर्ट लेखाउन अघि बढें । अब छोरी सुरक्षित हुँदैछे भन्ने कुराले ठूलो सन्तोष दियो । सवनमले कथा ट्ंग्याइन् सवनम प्रफुल्ल देखिन्थिन् । मैले छदम पात्रमाथि न्याय गरिन त ? उनले भनिन् मैले स्वीकारोक्तिको मुन्टो हल्लाए । कपको चिया आज पनि चिसो भैसकेको थियो

। 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्