Teej banner

'हेरिटेज पेजेन्ट - २०१६'

नारी संवाददाता

मंसिर १४, २०७३

यस वर्षको 'हेरिटेज पेजेन्ट २०१६'मा मञ्जु बन्जारा, आश्रा कुँवर र सिर्जना पुनले नेपालबाट भाग लिने भएका छन्। हेरिटेज पेजेन्टका लागि नेपालमा आधिकारिकता प्राप्त गरेको ग्रिनआर्ट मिडिया प्रालिले प्रतियोगी छनोट गरेको हो। प्रतियोगिता आगामी डिसेम्बर २ देखि १० सम्म श्रीलंकाको कोलम्बो सहरमा आयोजना हुनेछ।

 

मञ्जु बन्जारालाई 'मिसेज नेपाल हेरिटेज', आश्रा कुँवरलाई 'मिस नेपाल हेरिटेज' र सिर्जना पुनलाई 'टिन नेपाल हेरिटेज'को ताज पहिर्‍याउँदै ग्रिनआर्टले 'हेरिटेज पेजेन्ट २०१६'मा सहभागी हुन योग्य बनाएको हो। तीनलाई गत वर्षका मिसेज नेपाल पद्मिनी झा, मिस नेपाल अर्थ नग्मा श्रेष्ठ तथा मिस नेपाल हेरिटेज निशा पाठकले ताज पहिर्‍याइदिएका थिए। पेजेन्टमा भाग लिनुअघि प्रतियोगीले कोरियोग्राफर अनिला श्रेष्ठसँग विभिन्न प्रशिक्षण हासिल गर्नेछन्। पेजेन्टमा उनीहरुले प्रज्वल श्रेष्ठ र ड्रिम वेयरले तयार पारेका पहिरन लगाउनेछन्।

प्रतियोगीसहित नेपालकी निर्देशक अनिला श्रेष्ठ आगामी शनिबार श्रीलङ्का प्रस्थान गर्दैछन्। मञ्जु बन्जारा हाल डिजाइनरका रुपमा कार्यरत छिन् भने २४ आश्रा कुँवर इन्भाइरनमेन्टल साइन्सकी ग्य्राजुएट विधार्थी हुन्। १९ वर्षीया सिर्जना गोल्डेन गेट कलेजमा अध्ययनरत् छिन्।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्