ड्रेसिङ स्टाइलमा नयाँ ट्रेन्ड

नारी संवाददाता

मंसिर ३, २०७३  

काउल नेक

  • यसप्रकारको नेकलाइनमा फेब्रिकको सफ्ट फोल्ड हुन्छ जुन थुप्रै तहमा लट्केको देखिन्छ ।
  • काउल नेकको प्रयोग पहिरनको अगाडि वा पछाडि दुवैतर्फ गर्न सकिन्छ । साथै यो नेकलाइनलाई सर्ट वा डप दुवै तरिकाबाट बनाउन सकिन्छ ।
  • यो नेकलाइन आधुनिक शैलीको पहिरनमा राम्रो देखिन्छ । यस्तो नेकलाइन वन पिस मिडी वा मिनी ड्रेससँग सुहाउँदो हुन्छ । 
  • स्लिम युवतीले काउल नेकलाइनयुक्त पहिरन लगाउदा सर्ट नेकलाइनको ड्रेस छनोट गर्नु राम्रो हुन्छ । हेभी बस्ट भएका युवतीले पनि यो नेकलाई आफ्नो ड्रेसमा ट्राई गर्न सक्छन् जसबाट शरीर सन्तुलित देखिन्छ ।

 

वन सोल्डर कफ्तान

  • यो फ्लोर लेन्थ, नी लेन्थ र वेस्ट लेन्थ आदि धेरै साइजमा पाइन्छ । यो कटन र सिल्क दुवै प्रकारको फ्याब्रिकमा उपलब्ध हुन्छ ।
  •  कुनै पनि पार्टीमा आफ्नो अलग पहिचान बनाउनका लागि फ्लोर लेन्थ कफ्तान उपयुक्त हुन्छ । छोटो कफ्तान भने होचो शरीर भएका दुब्ला–पातला युवतीका लागि उत्तम हुन्छ । कफ्तानमा सिल्की रोप बेल्ट बाँधेर यसलाई अझ बढी सुन्दर बनाउन सकिन्छ ।
  • कफ्तानको साथमा स्लिङ ब्याग प्रयोग गर्नुहुँदैन, ब्याट विङ स्लिभ भएकाले यसको लुक देखा पर्दैन । तसर्थ यसका साथका क्लच वा ह्यान्ड ब्याग नै लिनुपर्छ । ड्रेस र ब्याग दुवै सुन्दर देखिन्छ ।
  • यदि वन सोल्डर कफ्तान पहिरिन चाहनुहुन्छ भने यसका साथमा यही खालको ब्रा छनोट गर्नुपर्छ । स्ट्ेरपलेस ब्रास पहिरिन सकिन्छ । यसबाट पनि राम्रो सपोर्ट प्राप्त भए ने कनवर्टिबल ब्रा पहिरिनुपर्छ । यसको झिक्न मिल्ने स्ट्रेपलाई कयन् तरिकाले अरेन्ज गरेर पहिरिन सकिन्छ । 
  • वन सोल्डर कफ्तानको सुन्दरता यसको नेकलाइनमा हुन्छ । तसर्थ ज्वेलरीको प्रयोग एकदमै न्यून गर्नुपर्छ । 

 

र्‍याप स्टाइल टिसर्ट

  • टिसर्टमा र्‍याप डिजाइन युवतीहरुमाझ खुबै लोकप्रिय छ । यस खालका टीसर्ट विद स्लीभ र स्लीभलेस दुवै प्रकारको हुने गर्छ ।
  • इसप्रकारको सर्ट टीसर्टका साथमा हट पाइन्ट पहिरिने हो भने व्यक्तित्व धेरै हदसम्म बोल्ड देखिन्छ ।
  • होचो शरीर भएका युवतीहरूले यसप्रकारको पहिरनका साथमा हाई वन हेयर स्टाइल बनाउनुपर्छ । यसमा ड्रेससित म्याच गर्ने कुनै पनि हेयर एसेसरिज प्रयोग गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्