नायिका वर्षा राउत एवं संजोग कोइराला

सिर्जना दुवाल श्रेष्ठ

मंसिर २, २०७३

 

वर्षदेखि प्रेमीप्रेमिकाका रूपमा परिचित नायिका वर्षा राउत एवं संजोग कोइराला जीवनका रमाइला क्षण बिताइरहेका छन् बालकलाकारका रूपमा थुप्रै चलचिचमा काम गरिसकेका संजोग कोइराला उत्सव, बाजिगरजस्ता चलचित्रमा नायकका रूपमा देखा परे कोइराला राउतको पहिलो भेट चलचित्रको अडिसनका क्रममा भएको हो उक्त भेटमै एकअर्कालाई रुचाएका उनीहरू अहिलेसम्म औपचारिक प्रेमप्रस्ताव भने नराखेको बताउँछन् दुवै एकै स्वरमा भन्छन्–‘साथीभाइहरूले जिस्क्याउँदाजिस्क्याउँदै प्रेममा डुबिहालियो, प्रेमप्रस्ताव राख्ने आवश्यकता नै परेन दुवैको परिवारलाई उनीहरूको सम्बन्धका बारेमा जानकारी अहिले दुवैको करिअर सुरुवाती चरणमा भएकाले विवाहसम्बन्धी योजना बनाइनसकेको उनीहरू बताउँछन्  

राउत कोइरालाले अहिलेसम्म चलचित्रमा सँगै काम नगरे पनि उनीहरू मुना चिया तथा लक्ष्मी बैंकको विज्ञापनमा जोडीका रूपमा देखा पर्छन् हाल जात्रा चलचित्रको प्रमोसनमा व्यस्त वर्षा संजोगको इन्टेरियर डिजाइनिङसम्बन्धी काम तथा कफी सपमा सघाइरहेकी छिन् यी दुईबीच उमेरमा वर्षको अन्तर धेरैको जोडी बन्ने टुट्ने क्रम चलिरहेको फिल्मी वृत्तमा त्यससम्बन्धी जिज्ञासा राख्दा वर्षा भन्छिन्, ‘यो लहर एकदमै नराम्रोसँग आउँदैछ हाम्रो सम्बन्ध भने ब्वाइफ्रेन्ड गर्लफ्रेन्डभन्दा माथि असल साथीका रूपमा रहेकाले त्यस्तो डर छैन मुख्य कुरा हामीबीच इगो छैन इगो नभएपछि सम्बन्ध बिग्रिएला कि भन्ने डर कम आपसी साथ एवं सहयोगमा रमाइरहेका संजोग वर्षा भविष्यका बारेमा भने केही भन्न नसकिने बताउँछन्

संयोजन : सिर्जना दुवाल श्रेष्ठ

तस्बिर : महेश प्रधान

पहिरन : सुष्मा सिंह, वुमन्स प्लानेट, घन्टाघर

मेकअप : जुनु चक्रधर, जुम ब्युटिपार्लर, कुपन्डोल

लोकेसन : थानकोट पार्क

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्