घरपालुवाको होस्टेल

डा. शरद सिंह यादव

कार्तिक ३०, २०७३ व्यस्त सहरिया जीवनमा धेरैले घरपालुवा जनावर पालेका हुन्छन् । घरपालुवा परिवारको सदस्यकै रूपमा रहने भएकाले चाडपर्व अथवा घुम्न बाहिर गएका बेला समस्या उत्पन्न हुनसक्छ । घरका सबै सदस्य बाहिर गएका बेला घरको यो सदस्यलाई कहाँ राख्ने भन्ने गम्भीर प्रश्न खडा हुन्छ । यस्तै अवस्थालाई विचार गरेर काठमाडांै तथा अन्य सहरहरूमा केनल तथा डग बोर्डिङहरू संचालित छन् जसबाट धेरैलाई सहयोग पुगेको छ ।

उपयुक्त केनल/बोर्डिङको छनोट
आफूलाई जानकारी नभए घरछिमेक, साथीभाइसँग यस विषयमा सल्लाह लिनु उपयुक्त हुन्छ । आफ्ना घरपालुवालाई कुनै केनलमा राख्नुअघि केही कुरामा ध्यान पुर्‍याउनु आवश्यक छ । 
    केनलमा सरसफाइको अवस्था ।
    प्रत्येक घरपालुवाका लागि छुट्टै केनलको व्यवस्था ।
    त्यहाँ काम गर्ने कामदारहरूले घरपालुवासँग गर्ने व्यवहार ।
    बिरामी र स्वस्थ घरपालुवा राख्ने ठाउँको उचित व्यवस्था ।
    पशुचिकित्सक तथा प्राविधिकको व्यवस्था 
    ताजा खाना एवं सफा पानीको व्यवस्था ।
    केनलसँगै घरपालुवा खेल्ने ठाउँको अवस्था ।
    आकस्मिक उपचार सेवा ।
    केनल अथवा बोर्डिङको छनोटपछि आफ्नो घरपालुवाका लागि केही तयारी आवश्यक हुन्छ । 
    घरपालुवालाई जुकाको औषधि तथा किर्ना–उपियाँको औषधि दिइएको छ कि छैन यकिन गर्ने ।
    घरपालुवालाई बर्सेनि लगाउनुपर्ने खोप समयमा दिइएको छ छैन विचार गर्ने ।
    आफ्नो घरपालुवालाई छारे रोग, मुटु रोग छ भने केनलमा जानकारी गराउने ।
    आफ्नो घरपालुवालाई केनलमा छोडेर आउँदा उदास नहुने । हाँसीहाँसी उसलाई माया गरेर फर्कने ।

बिर्सने त होइन ?
धेरैको मनमा केही दिनको बाहिरी बसाइपछि फर्केर आउँदा घरपालुवाले आफूलाई बिर्सने त होइन भन्ने शंका हुन्छ । प्यारो घरपालुवाले केही दिन होइन वर्ष दिन नै टाढा भए पनि आफ्नो घरधनीलाई बिर्संदैन ।
उपयुक्त केनल तथा बोर्डिङको छनोटबाट नै घरपालुवा सुरक्षित रहन सक्छ । ढुक्कसँग बिदा मनाउन तथा चिन्तामुक्त भै भ्रमणको आनन्द लिन यस्तो सुविधाको फाइदा उठाउन सकिन्छ । 

डा.शरद सिंह यादव
एडभान्सड पेट हस्पिटल,
विशालनगर

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्