शक्ति समूहले फेरि अन्तर्राष्ट्रिय अवार्ड हात पार्‍यो

नारी संवाददाता

कार्तिक २५, २०७३

 

मानव बेचबिखनविरुद्ध क्रियासिल संस्था शक्ति समूहले बेलायतमा फेरि अर्काे ५० हजार अमेरिकी डलर अर्थात् ५३ लाख रुपैयाँको ‘विथ एण्ड फर गल्र्स अवार्ड’, जितेको छ । सोमवार आयोजित पत्रकार सम्मेलमा शक्ति समूहले प्राप्त गरेको सो रकम बेचबिखन तथा यौनजन्य हिंसाबाट प्रभावित किशोरीहरुको शिक्षादिक्षा र स्वावलम्वी कार्यक्रममा खर्च गरिने अध्यक्ष बालकुमारी रानाले जानकारी दिइन् । 

यसअघि, शक्ति समूहले अमेरिका, बेलायत, स्वीडेन, ताइवानलगायतका दशेबाट अवार्ड पाइसकेको छ । यसैगरी, एशियाको नोबल पुरस्कार मानिने रोमन म्यागासेसे पुरस्कार समेत शक्ति समूहले जितिसकेको छ। 

हालैमात्र  लण्डनमा आयोजित कार्यक्रममा अवार्ड तथा पुरस्कार प्राप्त गरेपछि शक्ति समूहकी कार्यकारी निर्देशक सुनीता दनुवारले थप अर्काे अन्तर्राष्ट्रिय सम्मानले बेचबिखनविरुद्धको अभियानले विश्वव्यापीकरण  पाएको बताएकी छिन् । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्