सन्तुलित जीवन

नारी संवाददाता

कार्तिक २४, २०७३
उच्च रक्तचाप, रगतमा अधिक ग्लुकोज, कोलेस्टेरोलस्ता कारक तत्त्वको प्रारम्भिक अवस्था पहिचान भयो भने जीवाणुबाट लाग्ने मात्र होइन, उपचार गर्न कठिन तथा महागो पर्ने धेरै रोगबाट बच्न सकिन्छ । तसर्थ बिरामी नभए पनि समय–समयमा डाक्टरलाई भेट्ने, रगत जचाउने, रक्तचाप नाप्ने गरे आफ्नो शरीर कुन अवस्थामा छ भन्ने थाहा हुन्छ । तर, धेरैजसो व्यक्ति बिरामी नभई डाक्टर भेट्न जरुरी ठान्दैनन् र जीवनलाई जोखिममा पार्छन् । 

अमेरिकामा मात्र धूमपानबाट हुने रोग, उच्च रक्तचाप, मोटोपन, उच्च सुगर तथा एलडिएल कोलेस्टेरोलको प्रारम्भिक अवस्था पहिचानबाट प्रतिवर्ष क्रमश: ४ लाख ६५ हजार, ३ लाख ९५ हजार, २ लाख १६ हजार, १ लाख ९० हजार र १ लाख १३ हजार जनाको ज्यान जोगाउन सम्भव छ । उक्त तथ्यांकले धूमपान एवं उच्च रक्तचाप सबैभन्दा डरलाग्दा कारक हुन् भन्ने देखाउाछ । 


समाजमा मादकपदार्थ सेवनबाट पनि कैयन्को ज्यान गैरहेको छ । सन् २००१–२००५ मा अमेरिकामा प्रतिवर्ष ७९ हजार मानिसको मृत्यु अत्यधिक अल्कोहल सेवनबाट हुने गरेको थियो । कर्सिनोजन, धूमपान, मद्यपान (अल्कोहल), ब्याक्टेरिया/भाइरसको इन्फेक्सन, विकिरण (सूर्यबाट आउने युभी अनि उपचार गर्दा प्रयोग हुने उपकरणबाट आउने), खानेकुरा, जेनेटिक्स आदि क्यान्सरका प्रमुख कारक तत्व हुन् । हृदयरोग वा रक्तनलीसम्बन्धी रोगका लागि उच्च कोलेस्टेरोल, टीजी, एलडीएल, स्ट्रेस, उच्च क्यालोरीका खानेकुरा, निष्क्रिय जीवनशैली आदि कारक हुन् ।

 

धूमपान नगरे निकोटिनजस्ता क्यान्सरका कारक तत्त्व हाम्रो शरीरमा प्रवेश हुादैनन् । नेसनल क्यान्सर इन्स्टिच्युटका अनुसार धूमपानबाट क्यान्सर मात्र होइन, हृदयरोग (हार्ट एटयाक) हुने सम्भावना पनि धूमपान नगर्नेको तुलनामा छ गुणा बढी हुन्छ । त्यस्तै, खानपिनमा अलिकति ध्यान दिादा अनेक समस्याबाट मुक्त हुन सकिन्छ । माछा वा आलसको बिउमा पाइने ओमेगा–३ फ्याटी एसिड भएका खानेकुरा अनि पोलिफेनोलयुक्त फलफूल, फाइबर भएका अन्न आदि सकेसम्म सानै उमेरदेखि खाने बानी बसाले हृदयरोग तथा क्यान्सरजस्ता रोगबाट बच्न सकिन्छ । आफ्नो स्वास्थ्य प्रतिकूल हुने खानेकुरा कसैको अनुरोध वा आग्रहका भरमा सेवन गर्नु हुादैन र त्यस्ता पदार्थ सेवन गर्न कसैलाई बाध्य तुल्याउनु पनि हुादैन । अनुकूल छैन भने विनम्रपूर्वक ‘नाइँ’ भन्न सक्नुपर्छ । भनिन्छ– ‘सानो सावधानीले ठूलो जोखिमबाट बचाउाछ, जुन हाम्रो स्वास्थ्यमा पनि लागु हुन्छ ।’ 


जीवनमा सन्तुलनको धेरै ठूलो महत्त्व छ । फ्रेन्चहरू चिल्लो पदार्थ प्रशस्त खान्छन्, तर हृदयरोगविरुद्ध लड्ने पोलिफेनोल भएको रातो वाइन नियमित पिउाछन् । त्यसैले उनीहरूमा हृदयसम्बन्धी रोग कम हुने गर्छ । यसलाई फ्रेन्च प्याराडक्स भनिन्छ । रातो वाइनमा भएको पोलिफेनोलले चिल्लो खानेकुराको नकारात्मक असरलाई केही हदसम्म हटाइराखेको हुनसक्छ । रातो वाइन नपिउनेहरूले हरियो चिया अर्थात्् ग्रिन टी प्रशस्त पिउादा हुन्छ ।  यसरी खानेकुरामा सामञ्जस्यता राख्न सके जीवन स्वस्थ हुन्छ । स्वस्थ शरीर छ भने मात्र जिउनुको मजा लिन सकिन्छ ।

 

मानिसको सबैभन्दा ठूलो शत्रु उसको शरीरभित्र लुकेर बसेको रोग नै हो । यसको पहिचान जति चााडो भयो, जीवन त्यति सुरक्षित हुन्छ । मानिसले पहिले आफूलाई चिन्नुपर्छ । चिन्ने काम आफ्नो शरीरबाट सुरु हुन्छ । शरीर, मन र धनको चिनारी व्यक्तिमा हुन जरुरी छ । त्यसपछि के खाने, के नखाने, कति बेला, कुन कुरा गर्ने भनेर उचित निर्णय आफैं गर्न सकिन्छ ।


६० वर्ष कट्दा पनि मधुमेह, उच्च रक्तचापजस्ता समस्याबाट मुक्त भए उक्त व्यक्ति संसारकै सम्पन्न व्यक्तिमध्ये एक हुन्छ । यस्तो अवस्थामा आफ्नो स्वास्थ्यप्रति गर्व गर्न सकिन्छ । यो नै सबैभन्दा ठूलो कमाइ हो । ५०–६० वर्षको उमेरमा शरीरमा धेरै परिवर्तन आउाछन्, विशेष गरी हर्मोन उत्पादन र कार्यमा परिवर्तन हुन्छ । यो उमेरमा स्वास्थ्यप्रति सकेसम्म बढी सचेत रहनुपर्छ । 

रोग लाग्दा आफूलाई मात्र नभै परिवारजन, समाज अनि राष्ट्रलाई नै कष्ट पुग्छ । रोग लागेपछि परिवारभित्रको सम्बन्धमा परिवर्तन आउन सक्छ विशेष गरी लोग्ने–स्वास्नीको सम्बन्धमा । सम्बन्ध टुट्न पनि सक्छ, अझ बलियो पनि हुन सक्छ । त्यसैले परिवारमा एकअर्काको स्वास्थ्यजीवनप्रति सचेत रहनुपर्छ, मर्म बुझनुपर्छ । हुन त मानिसको शरीर मृत्युपछि सबैभन्दा काम नलाग्ने चीज हो, तर बााचुञ्जेल योभन्दा प्यारो संसारमा अरू के हुन सक्छ र ? जीवनको महत्त्व कुनै ज्ञानी ध्यानीलाई भन्दा क्यान्सर लागेर बााचेकाहरूलाई सबैभन्दा बढी थाहा हुन्छ । हाम्रा धर्मग्रन्थहरू भन्छन्– मानिसको देह  पाउनु नै दुर्लभ हो । तसर्थ सजिलै प्राप्त गर्न नसकिने चीजको हिफाजत गर्नुपर्छ । बालकले गल्ती गर्न सुहाउाछ, तर पाको उमेरकाले सुहाउादैन । त्यसैले उमेरसागै स्वास्थ्यप्रति बढी सचेत हुनुपर्छ । 


ऐनामा अनुहार हेरिन्छ तर आन्तरिक अनुहारबारे चासो राखिँदैन ।  भनिन्छ, देखिनेभन्दा नदेखिने चीज अझ मूल्यवान् हुन्छ । विचार गरौं, शरीरभित्र जीवन सञ्चालन गर्ने कस्ता–कस्ता अङ्ग हुन्छन् । सकिन्छ भने शल्यक्रिया गर्नुअघि चलिरहेको मुटु हेरौं, यो कति नाजुक छ । जस्तोसुकै कठोर मानिस पनि मुटु चलेको देखेपछि संवेदनशील हुन थाल्छ । जीवन कति संवेदनशील छ भन्ने बुझन मानिसको चलिरहेको मुटु हेर्नुपर्छ किनभने प्रत्येक मुटुको धड्कनमा जीवन अडिएको छ । आफू कति बलवान् छु  भन्ने कुरा बुझ्न बाहिर देखिने मांसपेसी मात्र होइन, भित्री रूप पनि हेर्ने गरांै । म के खाादैछु, के गर्दैछु र यसले मेरो मुटुको धड्कन, मिर्गाैला र मस्तिष्कमा कस्तो असर पर्न सक्छ, सोचौं । सोचौं, आफूमा के के परिवर्तन भइरहेका छन् ? सााच्चिकै  ठिक त छु ? 


रक्तचाप, सुगर, रगतमा चिल्लो पदार्थ, स्तन (मेमोग्राम) एवं कोल्पोस्कोपीजस्ता जााच समय–समयमा गराउनुपर्छ । स्वास्थ्य जााच नगराउनु भनेको आध्यारोमा बस्नुजस्तै हो, आफैंले आफूलाई धोका दिनु हो । जीवन सबैलाई प्यारो लाग्छ र यसप्रति संवेदनशील हुनु स्वाभाविक हो । हामी कसैलाई भेट्दा अभिवादनसागै ‘सन्चै हुनुहुन्छ ?’ भनेर सोध्ने गर्छौं । हामी ठिक छ भन्छौं, तर वास्तविक अवस्था के हो त्यसको डाक्टरी जााच गराएको हुादैनांै । ठिक नभए पनि ठिकको बहाना गर्छौं । । धेरैजसो हामी आफ्नो शारीरिकभन्दा आर्थिक अवस्थाप्रति बढी चिन्तित रहन्छौं । 
केही न केही समस्या सबैमा हुन सक्छ । तर, त्यसको समाधान डाक्टर वा अस्पतालमा मात्र हुादैन । इन्टरनेटबाट पनि धेरै जानकारी प्राप्त गर्न सकिन्छ । आजभोलि धेरै मानिससाग कम्प्युटर र इन्टरनेटको सुविधा हुन्छ, गुगलमा खोजेरै पनि आधुनिक औषधिदेखि आयुर्वेदसम्मका धेरथोर ज्ञान पाउन सकिन्छ । गुगलका ज्ञान सबै सत्य हुन्छन् भन्ने छैन, तर पनि धेरै महत्त्वपूर्ण जानकारी यसबाट पाउन सकिन्छ ।

 

धेरैजसो रोगको लक्षण, रोकथाम र उपचारबारे जानकारीसमेत गुगलले प्रदान गर्छ । यसका लागि खोजी गर्ने बानी चाहिन्छ । खोजी नगरी ज्ञान प्राप्त हुादैन । ज्ञान पढेर वा परेर मात्र थाहा हुन्छ । तर, रोगको ज्ञान परेरभन्दा पढेर थाहा हुनु राम्रो । अन्दाज वा सुनेको भरमा मूल्याङ्कन गर्ने बानी राम्रो होइन । सुनेको भरमा मात्र धारणा बनाउनु हुादैन । जानेर मात्र पनि हुदैन, जानेको कुरा अनुसरण गर्नु पनि पर्छ अनि मात्र स्वस्थ समाज निर्माण हुन्छ । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्