ब्युटी म्याजिक ट्रिक्स

नारी संवाददाता

कार्तिक १८, २०७३

मेकअपपछि मुहार तब मात्र खुल्छ जब व्यक्तित्व पनि ड्यासिङ देखिन्छ । व्यक्तित्व ब्युटी सेड्युलमा निर्भर रहन्छ । 

  • आकर्षक ओठका लागि बीच भागको तलमाथि नै सिमर हाई ग्लसद्वारा डट बनाउनुपर्छ । यसले ओठलाई सेक्सी लुक्स दिन्छ ।
  • मेकअप गर्दा जहिले पनि ब्लसर सही प्वाइन्टमै लगाउनुपर्छ । ब्लसर प्वाइन्ट थाहा पाउन आफ्नो नाकसँगै दुई औंलाको भाग छोडिदिनुपर्छ । छोडेको भागबाहेक अन्य भाग ब्लसर प्वाइन्ट हो र त्यही भागमै ब्लस लगाउनुपर्छ जुन उपयुक्त स्थान हो ।
  • मेकअपअघि प्राइमर प्रयोग गर्दा स्कुथ टेक्स्चर मिल्छ ।
  • सिल्की तथा साइनी हेयरका लागि हेयर सिरम प्रयोग गर्न सकिन्छ ।
  • पर्फेक्ट क्याट आइ लुक्स बनाउन पातलो ब्रस प्रयोग गर्नुपर्छ ।
  • चिकबोनलाई उठेको देखाउन अन्डर चिकबोनमा ब्राउजरको प्रयोगद्वारा एक्च्युअल चिकबोनमा हाइलाइट गर्नुपर्छ ।
  • केशमा भोल्युम दिन भोल्युमाइजिङ स्प्रेका साथै ब्लोडायर प्रयोग गर्नुपर्छ ।
  • महँगो नेलपोलिस बारम्बार सुक्दै गएको छ भने फ्रिजमा राख्नुुपर्छ । यसबाट नङपोलिस लामो समयसम्म प्रयोगमा रहनेछ ।
  • मस्करा लगाउनुअघि त्यसको एक्सपायर डेट हेर्नुपर्छ । आँखाजस्तो संवेदनशील अङ्गमा लगाउनुपर्ने भएकाले डेट एक्सपायर मस्करा  लगाउनु हुँदैन । 
  • पिम्पल र एक्नेमा टिट्री ओयल लगाउँदा दाग हराउँदै जान्छ ।
  • क्लियर तथा फ्रेस स्किनका लागि सोलिसिडिक एसिडयुक्त क्लिन्जरले अनुहार धुनुपर्छ ।
  • स्किनबाट डेडसेल हटाउन जाडो होस् वा गर्मी एक्सफोलिएसन जरुरी छ तर हप्तामा २–३ पटकभन्दा बढी एक्सफोलिएसन गराउँदा छाला सुख्खा हुने समस्या देखापर्नसक्छ । 
  • गर्मी मौसममा टिन्टेड मोइस्चराइजर फाउन्डेसन प्रयोग गर्नुपर्छ ।
  • राति सुत्नुअघि मेकअप रिमुभरद्वारा मेकअप उतारी जेन्टल फेसवासले अनुहार धुनुपर्छ ।
  • सधंै सल्फेट फ्रि स्याम्पु प्रयोग गर्नुपर्छ । किनभने सल्फेट केशको क्युटिकल्सका लागि हानिकारक हुन्छ ।
  • कन्डिसनर लगाउँदा जरैबाट नलगाई कानको तलबाट केशको टुप्पोसम्म पुर्‍याउनुपर्छ । 
  • दैनिक स्याम्पु लगाउनु हुँदैन । स्याम्पुमा प्रयोग हुने केमिकलले केशलाई सुख्खाका साथै चाँडै टुक्रिने गरी कमजोर बनाउँछ । 
  • पसिना आउँदा ब्लाटिङ पेपरले अनुहार थपथपाउनुपर्छ जसले मेकअप बिगार्दैन । 
  • बिहान एसपीएफयुक्त मोइस्चराइजर लगाउनुपर्छ ।
  • केश स्वस्थ राख्न सधैं सफा काइँयो वा ब्रस प्रयोग गर्नुपर्छ । फोहोर वा अरुले प्रयोग गरेको काइँयो अथवा ब्रसद्वारा विभिन्न ब्याक्टेरिया संक्रमण हुने सम्भावना हुन्छ ।
  • केश स्वस्थ राख्न हाँगा फाटेको केशलाई ६ वा ८ हप्तामा नियमित ट्रिम गर्नुपर्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्