वाल डेकोरेसन

सिर्जना दुवाल श्रेष्ठ

कार्तिक १८, २०७३ 

धेरै समयदेखि घरमा रंग लगाइएको छैन भने भित्ताका रंगहरू फिक्का हुनथाल्छन् । धेरैजसो कामकाजी मानिसले समय अभावका कारण आफ्नो घरको भित्तामा कलरसम्म गर्न भ्याएका हुँदैनन् । यस्तो समस्यालाई वालपेपरले निकै सहज बनाइदिएको छ । वालपेपरले कम समयमै बिनाझन्झट नयाँ तथा ट्रेन्डी लुक दिन्छ । 

कुल लुक 

लिभिङ रुमलाई कुल लुक दिन ब्राइट कलरको वाल कलर प्रयोग गर्नुपर्छ । यसले आँखालाई शीतलता प्रदान गर्नुका साथै कोठा पनि फ्रेस देखिन्छ । 

स्मार्ट आइडिया 

कुल लुकका लागि ह्वाइट, लाइट ब्लु, ओलिभ ग्रिन, लेमन एल्लो आदि ब्राइट वालपेपर छनोट गर्नुपर्छ । होम डेकोरका अन्य सामग्रीका लागि पनि लाइट कलर प्रयोग गर्न सकिन्छ । फ्लोरल प्रिन्ट्स तथा पेस्टल कलरका कुसन एवं बेड कभर प्रयोग गर्ने । लाइट कलरका पर्दाका साथ इन्डोर प्लान्ट पनि लगाउने । यसले घरको सुन्दरता बढाउँछ र कुल लुक प्रदान गर्छ । 

रोमान्टिक लुक 

बेडरुममा रेड, पिंकजस्ता रोमान्टिक वालपेपर लगाउने । भित्ताको कुनै एक भागमा फूल वा कुनै रोमान्टिक साइन दिने पेन्टिङ गराउने । 

स्मार्ट आइडिया 

पिंक वा रेड कलरको थिम बनाउने । बेडरुममा धेरै फर्निचर नराख्ने । बेडरुम पूरै रातो देखिने गरी कलर नगर्ने । रातो कलरमा रोमान्टिक लुक दिने गरी वाल डेकोरेसन गर्ने ।

आर्टिस्टिक लुक 

होम डेकोरमा एक्सपेरिमेन्ट गर्ने मन छ भने कलरफूल आर्टिस्टिक वालपेपरले भित्ता सजाउन सकिन्छ। 

स्मार्ट आइडिया 

भित्तामा आर्टिस्टिक टच दिन फूल, पात आदि डिजाइनको वालपेपर छान्ने । एउटा भित्तामा आफ्नो पारिवारिक तस्बिर वा तस्बिरहरूको कोलाज राख्ने । युनिक डिजाइनको कार्पेट बिछ्याएर पनि कोठालाई आर्टिस्टिक लुक दिन सकिन्छ । सुन्दर पेन्टिङ, युनिक डेकोर एसेसरिजले घरलाई कलात्मक लुक दिन्छ र ह्यान्डिक्राफ्ट आइटमले पनि फरक महसुस गराउँछ ।

क्लासी लुक्स 

क्लासी लुक्सका लागि वुडन कलरको वालपेपर छनोट गर्न सकिन्छ । बजारमा धेरै प्रकारका वुडन सेड वालपेपर उपलब्ध छन् । 

स्मार्ट टिप्स 

कोठाको भित्ताको एउटा भागमा वुडन वालपेपर लगाउने हो भने अरु भित्तामा ग्रेजस्तै क्लासी कलर पेन्ट गर्न सकिन्छ । यो थिमका साथमा कालो र सेतो तथा क्रिम कलरको फर्निचर सुहाउँछ । भित्ता सजाउन पुराना पेन्टिङ तथा ठूल्ठूला वुडन ऐनाहरू राख्न सकिन्छ ।

( इन्टेरियर डिजाइनर निष्ठा गिरीसंगको कुराकानी )

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्