Teej banner

स्वास्थ्यका लागि उपयोगी तेल

हालै गरिएको एक अनुसन्धानहरूअनुसार पोली अनसेचुरेटेड फ्याटी एसिड (प्युफा) को मात्रा धेरै भएको खाद्य तेल प्रयोग गर्नुपर्छ ।

उपासना पाण्डे

आश्विन ३, २०७३ 

धेरैजसोले अहिले पनि ओलिभ आयललाई नै राम्रो तेल मान्छन् । हालै गरिएको एक अनुसन्धानहरूअनुसार पोली अनसेचुरेटेड फ्याटी एसिड (प्युफा) को मात्रा धेरै भएको खाद्य तेल प्रयोग गर्नुपर्छ । प्युफामा ती सबै फ्याटी एसिड हुन्छन् । यसले शरीरमा विकार जम्मा हुन दि“दैन डाइटिसियन रश्मि बजिमय श्रेष्ठका अनुसार कुन तेल लाभदायक हुन्छ ?

नेपालीको भान्सा तेलबिना अधूरो हुन्छ । कुनै पनि परिकार तेलबिना तयार पार्न सकि“दैन । आफ्नो स्वास्थ्यप्रति जागरुक मानिसहरू बजारमा उपलब्ध रिफाइन्डयुक्त तेललाई नै प्राथमिकता दिन्छन् । सबै तेलमा कोलस्ट्रोललाई नियन्त्रण राख्ने कुरा उल्लेख हुन्छ । यद्यपि कतिपय तेलको प्रयोगबाट नराम्रो कोलस्ट्रोलका साथै राम्रो कोलस्ट्रोल पनि नष्ट हुन्छ । यस्तो अवस्थामा एन्टिअक्सिडेन्टले भरिपूर्ण तथा पकाउ“दा पोषक तत्व पनि नाश नहुने अनि कोलस्ट्रोलको स्तर पनि नियन्त्रित हुने किसिमको तेल छनोट गर्नुपर्छ । 

तोरीको तेल 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

धेरैजसोले तोरीको तेलमा खाना बनाउ“छन् । अरु तेलको तुलनामा यो तेलको प्रयोग बढी गरिन्छ । एक रिपोर्टअनुसार यो तेलमा प्युफाको राम्रो मात्रा पनि पाइन्छ । यसबाट ओमेगा ६ तथा ओमेगा ३ सही मात्रामा प्राप्त गर्न सकिन्छ । तोरीको तेलको उचित प्रयोगले मुटु बलियो बनाउ“छ । यद्यपि तोरीको तेल बढी प्रयोग गर्नु भने स्वास्थ्यका दृष्टिले राम्रो होइन । कतिपय अचारमा यो तेल नतताई का“चै पनि प्रयोग गरिन्छ ।

 

राइस ब्रान आयल

राइस ब्रान आयलको प्रयोग उच्च ताप तथा खाना पकाउन प्रयोग गरिन्छ । यसमा भएका गुणका कारण धेरै एसियाली मुलुकमा यसको प्रयोग कुकिङ आयलको जस्तै गरी गरिन्छ । राइस ब्रान तेलमा अन्य तेलको भन्दा बढी सन्तुलित फ्याट एसिड हुन्छ । यसबाट ओमेगा ३ फ्याटी एसिडको पनि केही मात्राका साथै एन्टिअक्सिडेन्ट पनि प्राप्त हुन्छ । यसको प्रयोग फ्राइ गर्न, सलाद सजाउन, बेकिङ, डिपिङ तथा ग्रिल गर्न आदि हुनसक्छ । २ सय सेन्टिग्रेड तापमा तताएपछि यसमा भएको एन्टिअक्सिडेन्ट नाश हुन्छ । प्रति १ ग्राम राइस ब्रान तेलमा लगभग ९ क्यालोरी हुन्छ । यो तेल मुटु तथा मधुमेहका बिरामीका लागि बढी लाभदायक मानिन्छ । यो तेल मह“गो हुने भएकाले त्यति प्रयोगमा आएको पाइ“दैन ।

कनोला आयल 

यसमा सेचुरेटेड फ्याटको मात्रा कम हुन्छ । यो सस्र्युंजस्तै हुन्छ । खाना पकाउ“दा यसको प्रयोग गर्नुहु“दैन । कनोला आयल सलादका लागि राम्रो मानिन्छ । यसमा एन्टिअक्सिडेन्टको मात्रा पनि कम हुन्छ । 

 

अलिभ ओयल 

यसमा ओमेगा ३ तथा ओमेगा ६ फ्याटी एसिड हुन्छ । यो प्युफाको पनि राम्रो स्रोत हो । यसले रगत तथा कोलस्ट्रोलको स्तर पनि कम गर्छ भने रोगप्रतिरोधक क्षमता बढाउ“छ । यसको प्रयोग सलादमा बढी गर्नु उपयुक्त हुन्छ । राइस ब्रान तथा तोरीको तेलको तुलनामा यसमा पकाउने मात्रा (स्मोकिङ पोइन्ट) कम हुन्छ । डिप फ्राइ तथा ठूलो आ“चमा पकाउ“दा यसमा भएको महत्वपूर्ण तत्व नष्ट हुन सक्छ । त्यसैले यो तेल सलाद ड्रेसिङ गर्न (सजाउन) प्रयोग गर्न सकिन्छ । 

 

आलसको तेल

यसमा ओमेगा ३ तथा ओमेगा ६ प्रशस्त मात्रामा पाइन्छ । यसको प्रयोग खाना बनाउनका लागि नभै सलाद सजाउन गरिन्छ । यो तेल मुटुका बिरामीका लागि फाइदाजनक मानिन्छ । आलस तिलजस्तै हुन्छ । आलसको गेडा भुटेर खा“दा कब्जियत र मुटुका बिरामीका लागि फाइदा मिल्छ । त्यसैगरी यो कोलस्ट्रोल तथा ट्राइग्लिसेरिड्सका लागि पनि उपयोगी हुन्छ । यसमा फाइबर हुने भएकाले मधुमेहका बिरामीको सुगरको मात्रा ह्वात्तै बढ्न दि“दैन । 

सनफ्लावर ओयल

यो तेलको प्रयोग प्रशस्त मात्रामा हुने गरेको छ । यसमा मोनो स्याचुरेटेड फ्याट हुन्छ । यो तेल पनि खराएर खानुभन्दा भा“डा तातेपछि तेल र तरकारीस“गै हालेर पकाउनु उचित हुन्छ । यसमा ओमेगा ३ पाइन्छ । 

नोट ः कुनै पनि तेल तताउनुभन्दा पनि का“चै मोल्नु उपयुक्त हुन्छ । कतिपय का“चो तेल गन्हाउने भएकाले भा“डा तातेपछि तेल र तरकारीस“गै राखेर पकाउनु उचित हुन्छ । तेललाई उच्च तापक्रममा तताउनुहु“दैन । तेल फ्याटी एसिड हो । यो सिक्रीजस्तै हुन्छ । जति ततायो त्यति फ्याटी एसिड टुक्रन्छ जसले शरीरलाई क्षति पु¥याउ“छ । 

क्विक टिप्स ः हाम्रो भान्सामा प्रयोग हुने आलस, तिल तथा मेथीका गेडामा ओमेगा ३ पाइन्छ, जुन शरीरका लागि लाभदायक छन् ।

ध्यान दिनुपर्ने कुरा ः अहिले बजारमा धेरै किसिमका तेल उपलब्ध छन् । तेलमा प्रयोग गरिएका कुराहरू, स्मोकिङ पोइन्ट, प्युफा तथा म्युफाको सन्तुलन हेर्नु पनि उत्तिकै जरुरी हुन्छ । राम्रो स्वास्थ्यका लागि ३३ प्रतिशत सेचुरेटेड एसिड फ्याट, ३३ प्रतिशत मोनो अनसेचुरेटेड एसिट फ्याट (म्युफा) तथा ३३ प्रतिशत पोली सेचुरेटेड फ्याट हुनुपर्छ । 

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्