शेरबहादुर देउवा र आरजु राणाको पुरानो एल्बम

सरस्वती कटुवाल

भाद्र २१, २०७३
शेरबहादुर देउवा नेपाली कांग्रेसको संसदीय दलको समेत नेतृत्व गर्दै वि.सं. २०५२ सालमा पहिलोपटक नेपालको प्रधानमन्त्री बनेका थिए । हाल उनी नेपाली कांग्रेसका पार्टी सभापति हुन् । डडेलधुरा जिल्लाको पश्य गोर्खा क्षेत्रमा एक सम्पन्न परिवारका रूपमा रहेको शेरबहादुर देउवाको परिवारलाई डडेलधुरा क्षेत्रमा ठकुरी कुल भनेर चिन्छन् । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेपाली कांग्रेसका सर्वाधिक प्रभावशाली व्यक्तित्व मानिन्छन् ।  राजनैतिक संघर्षका क्रममा उहाँले नौ वर्ष जेलजीवन बिताएका हुन् । देउवाकी श्रीमती आरजु राणा देउवा पनि संविधानसभा सभासद छिन् भने छोरा जयवीर देउवा हुन् । युवा अवस्थाको अन्तिम जवानीमा नेपाल फर्केका शेरबहादुर देउवाका लागि नेपाली कांग्रेसको राजनीति सफल बन्यो उनी देशको गृहमन्त्री हँदै प्रधानमन्त्रीसम्म बन्न सफल भए । यही राजनीतिले गर्दा योग्य शिक्षित पढेलेखेकी जीवन संगिनीसँग उहाँको लगान गाँठो जोडियो । 
 

पूर्वप्रधान्मन्त्री शेरबहादुर देउवा तथा अधिकारकर्मी, अभियन्ता एवं नेतृ आरजु राणा पुरानो एल्बमबाट : 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्