नाडा अटो सो आजबाट (फोटो फिचर)

नारी संवाददाता

भाद्र १४, २०७३

 

नाडा अटो सो आजबाट सुरु भएको छ । भृकुटिभण्डपमा  ६ दिनसम्म सञ्चालन हुने अटो सोलाई सर्भो लुब्रिकेन्ट्सले मुख्य प्रायोजन गरेको छ । अटोमोबाइल व्यावसायीको छाता संगठन नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा मेला सुरु भएको हो । प्रदर्शनीमा चारपांग्रेका १६ ब्रान्ड, दुईपांग्रेका १५ ब्रान्ड र कमर्सियल सवारीसाधनका ५ ब्रान्ड सहभागी छन् । मेलामा रहने १ सय २५ स्टल राखिएका छन् । प्रदर्शनीमा वित्तीय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्ट्स, टायर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसोसरिजको सहभागिता छ।

तस्विरहरु : महेश प्रधान 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्