इमरजेन्सी ब्युटी सोल्युसन

मुहारमा चिसो पानी छर्कनुपर्छ । स्किनमा यङ लुक आउँछ ।

नारी संवाददाता

भाद्र ८, २०७३ फाउन्डेसन सकिएको स्थितिमा लुज पाउडर वा कम्प्याक्ट प्रयोग गर्नुपर्छ । यदि त्यो पनि छैन भने कन्सिलरमा मोस्चराइजर मिसाएर फाउन्डेसनका रूपमा प्रयोग गर्नुपर्छ । मोस्चराइरलाई एक चिम्टी पाउडर वा कन्सिलरमा राम्रोसँग मिक्स गरी अनुहारमा प्रयोग गर्नुपर्छ । यसबाट इन्स्टेन्ट ग्लो प्राप्त हुन्छ । कन्सिलर सकिएको भए फाउन्डेसनको बोतलको माथिपट्टि जहाँ बाक्लो फाउन्डेसन जम्मा हुन्छ, त्यसलाई कन्सिलरका रूपमा प्रयोग गर्न सकिन्छ । त्यसलाई रिङ फिगरबाट हल्का डब गरी ब्लेन्ड गरेर प्रयोग गर्नुपर्छ । मस्कारा नभए पेट्रोलियम जेली प्रयोग गर्नुपर्छ । आइल्यासेजमा हल्का पट्रोलियम जेली लगाउँदा परफेक्ट लुक प्राप्त हुन्छ । यसबाट सुन्दर साइन पनि आउँछ ।

 

आइलाइनर नभए आइस्याडो प्रयोग गर्नुपर्छ । आइलाइनर ब्रसलाई पानीमा भिजाएर डार्क कलरको आइस्याडो जस्तै ब्लू, ब्ल्याक वा ब्राउन कलरमा डिप गरी आइलाइनरका रूपमा प्रयोग गर्न सकिन्छ यदि आइस्याडो सकिए ब्रन्जर वा डिप ब्राउन ब्लसलाई आइस्याडोका रूपमा प्रयोग गर्न सकिन्छ कटनबाट आँखाको क्रिज एवं लोअर ल्यासेजमुनि ब्रोन्जरलाई आइस्याडोका रूपमा अप्लाईगर्नुपर्छ यदि हेयर सिरम सकिए वा नभए ह्यान्ड वा बडी लोसन वा फेसन मोस्चराइजरलाई सिरमका रूपमा केशमा प्रयोग गर्न सकिन्छ । केशलाई चिपपिच हुनबाट जोगाउन हातमा मोस्चराइजरको केही थोपा रब गरेर केशमा हल्का रूपले लगाउँदा केश राम्रो हुन्छ ।

 


ब्लस अन गर्न बिर्सिए स्मुथ लिपिस्टिकलाई क्रिम ब्लसका रूपमा गालामा प्रयोग गर्न सकिन्छ । डार्क सर्कल छ भने लाइट सेडको फाउन्डेसन क्रिम लगाउनुपर्छ र त्यसलाई डार्क एरियासित ब्लेन्ड गर्नुपर्छ । स्मोकी लुक चाहने हो भने कटन वर्डबाट गाजललाई आइलिडमा डब गर्नुपर्छ । ओठमा प्रयोग गर्ने लिप पेन्सिललाई थोरै रब गरेर कटन वर्डमा स्मज गर्नुपर्छ । मुहारको छाला थाकेजस्तो लागे क्रिमले हल्का मसाज गर्नुपर्छ । यसबाट छालामा इन्स्टेन्ट ग्लो आउँछ ।

 


मुहार कान्तिहीन भए एउटा नरम कपडालाई हल्का गरम गरी मुहारमा हल्का दबाएर राख्नुपर्छयसबाट ब्लड सर्कुलेसन बढ्छ भने छालामा कसिलोपन आउँछ । त्यसपछि मुहारमा चिसो पानी छर्कनुपर्छ । स्किनमा यङ लुक आउँछ । आँखा अत्यन्त थाकेको महसुस भए चिसो गुलाबजलमा कपास भिजाएर १० मिनेटसम्म राख्ने वा आई जेललाई फ्रिजमा राखेर चिसो बनाई आँखामा प्रयोग गर्ने । मोस्चराइजर छैन भने हेयर वा बडीलाई मोस्चराइजर गर्न कन्डिसनर प्रयोग गर्न सकिन्छ । कन्डिसनरबाट बडी मसाज गरेपछि अनिवार्य रूपमा स्नान गर्नुपर्छ ।

 

चिपचिप भएको केश धुने फुर्सद छैन भने हेयर ब्रसमा परफ्युम स्प्रे गरी केश ब्रस गर्नु ठीक हुन्छ । केश गाँठो परेको भए हातलाई पानीले भिजाई एक थोपा मोस्चराइजर हातमा राखेर केशमा प्रयोग गरी फ्रेन्च ट्विस्ट बनाउनुपर्छ । १० मिनेटपछि केश खोल्नुपर्छ । केशको गाँठो गायब हुन्छ ।यदि आइस्याडोमा धेरै खर्च गर्न नचाहने हो भने पाउडर आइस्याडो खरिद गर्नुपर्छ । यो सस्तो हुनुका साथै यसको एउटा कम्प्याक्टमा एक साथ कतिपय सेड र हाइलाइटर समावेश हुन्छन् । यदि हतार छ भने आइस्याडो स्टिक परफेक्ट साबित हुनसक्छ । यो प्रयोग गर्न सहज हुनुका साथै महँगो पनि हुँदैन ।

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्