लिप वाम

नारी संवाददाता

श्रावण २६, २०७३  

पहिला पहिला लिपवाम मात्र ओठ फुट्नबाट बचाउनका लागि बनाइने गरिन्थ्यो तर अब यो कस्मेटिक इन्डस्ट्रिको ठूलो हिस्सा बन्न पुगेको छ । यीनलाई ओठको सुरक्षा प्रदानका लागि मात्र नभई दिनभरि लगाउनका लागि लिप कलरको एउटा राम्रो विकल्प मानिएको छ । टिन्टेड लिप वाम लगाउँदा लिपिस्टिक लगाउने आवश्यकता हुने गर्दैन । यदि लमो समयसम्म टिक्ने खालको लिप प्रोडक्ट छ भने ओठको नमीलाई सन्तुलन बनाइराख्छ । यसबाट ओठ कोमल देखिने गर्दछ । साथै ओठलाई हल्का रंग पनि प्राप्त हुन्छ ।

लिप वामको बारेमा:

 

  • बजारमा लिपवामका अलग–अलग फलेवर तथा कलरको ठूलो रेञ्ज पाइन्छ । आफ्नो आवश्यकता अनुसार २–३ कलर तथा फलेवरको लिप वाम राख्न सकिन्छ, जसबाट यो मौसममा ओठ स्वस्थ र आकर्षक देखिने गर्दछ ।
  • लिप टिन्टमा आकर्षक कलर प्राप्त गर्नका लागि सिमरका साथमा मिक्स गरी ओठमा लगाउनुपर्छ । ओठलाई साटिन फिनिश प्राप्त हुन्छ ।
  • ओठको त्वचा शरीरको अन्य भागको त्वचा भन्दा बढी कोमल हुने गर्दछ । यसैले यो फुट्ने, पाप्रा जम्ने र सुक्ने समस्या बढी हुने गर्दछ । ओठलाई कोमल, सुरक्षित र नमीयुक्त राख्नका लागि दुई तीन पटक टचअप गर्न सकिन्छ ।
  • परफेक्ट पाउटका लागि यदि तपाईसित प्लमपर छैन भने न्युड कलरको आउटलाइन पछि लिप वाम लगाउन सकिन्छ ।
  • अधिकतर टिन्टृड लिपवाम एसपीएफ, भिटामिन ‘इ’, एन्टी अक्सीडेन्ट वा शिया बटर हुने गर्दछ । यसले ओठलाई स्वस्थ र सूर्यको हानिकारक किरणबाट सुरक्षित राख्ने गर्दछ ।

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्