क्रेडिट कार्डको फाइदा

नारी संवाददाता

श्रावण २०, २०७३

खल्तीमा एक पैसा नभए पनि कार्डको माध्यमबाट किनमेल गरी मज्जा लिन सकिन्छ । क्रेडिट कार्ड साथमा हुँदा स–साना किनमेलका लागि पटक–पटक नगदको आवश्यकता पर्दैन । अहिलेको समयमा आफूसँग नगद लिएर हिँड्नु निकै जोखिम हुन्छ । क्रेडिट कार्डले हामीलाई उक्त जोखिमबाट जोगाउँछ । क्रेडिट कार्डको माध्यमबाट ठूल्ठूला सामान पनि खरिद गर्न सकिन्छ । क्रेडिट कार्डको सहयताले होटलको बिल, पेट्रोलको भुक्तानी आदि पनि गर्न सकिन्छ । यो फाइनान्सियल रिसोर्सको राम्रो माध्यम हो । यसबाट घर बसी–बसी प्लेनको टिकट, फिल्मको टिकट बुक आदि गराउन सकिन्छ ।

यसको चार्ज

क्रेडिट कार्डको भुक्तानी सावाको १० प्रतिशत हुन्छ । त्यसमा केही मात्रामा ब्याज पनि जोडेर तिर्नुपर्छ ।

हरेक बैंकको आ–आफनै पोलिसी हुन्छ । त्यसैले बैंकको चार्ज पनि फरक–फरक हुन्छ । कार्डको भुक्तानी ढिलो भए त्यसका लागि ब्याज, चार्ज तथा पेनाल्टी भुक्तान गर्नुपर्छ । यसलाई सावधानीपूर्वक नचलाए नकारात्मक परिणामको सामना गर्नुपर्ने हुनसक्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्