Teej banner

सौन्दर्यका लागि कोरियन उत्पादन

नारी संवाददाता

असार २७, २०७३

नेपाली बजारमा विभिन्न प्रकारका फेसियल तथा क्रिम उपलब्ध छन् । यीमध्ये  कोरियन फेसियल बढी प्रभावकारी एवं गुणस्तरीय मानिन्छ । फेसियलले छालाको हेरचाह गर्नुका साथै रक्तसंचार सुव्यवस्थित बनाउँछ जसले गर्दा अनुहार चम्किलो देखिन्छ । अहिले नेपालमा कोरियामा निर्मित वेलकोस ब्राण्डका  हेयर स्ट्ेरट, फेसियल सेट, हेयर कलरिङ, फेस वास, फेस केयर सेट, बीबी क्रिम, सीसी क्रिम तथा सन स्क्रिन उपलब्ध छन् । नेपालमा फेसियलका लागि कोरियन उत्पादन भित्र्याउने वेलकोसका मार्केटिङ्ग म्यानेजर मुरारि अधिकारीका अनुसार प्रारम्भिक अवस्थामा १ सय जनामा गरिएको परीक्षणले शतप्रतिशत नतिजा देखाएको थियो  । त्यसपछि  कोरियन फेसियलको माग लगातार बद्दै गएको छ ।  अधिकारी भन्छन्– ‘अहिले काठमाडौं लगायत नेपालका प्रमुख सहरमा कोरियन फेसियलका प्रयोगकर्ता निरन्तर बढिरहेका छन् ।’

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्