सक्रिय शुभेच्छा

सिर्जना दुवाल श्रेष्ठ

असार ७, २०७३ 

मिस नेपाल२०१२ मा मिस इन्टरनेसनल भएपछि शुभेच्छा खड्का मिडियातर्फ आकर्षित भइन् । न्युज २४ देखि इसियस मिडियामा सिनियर एसिस्टेन्ट प्रोडुसरका रूपमा काम गरेकी शुभेच्छा केही वर्षदेखि कान्तिपुर टेलिभिजनमा भिजेका रूपमा व्यस्त छिन् । र्‍याम्प मोडलिङ तथा पेपर एडहरूमा व्यस्त खड्काले दुईवटा म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । केही नयाँ गरौं भन्ने शुभेच्छा एन्वाइएक्स कस्मेटिक्समा व्यस्त छिन् । यसपटकको मिस नेपालमा उनी इभेन्ट कोर्डिनेटरका रूपमा सक्रिय थिइन् । सबैसँग छिट्टै घुलमिल हुनसक्ने शुभेच्छाले मिडियामै स्थापित हुने योजना बनाएकी छिन् । भर्खरै एउटा म्युजिक भिडियोमा अभिनय गरेकी शुभेच्छा आफूलाई चलचित्रमा काम गर्ने रुचि नभएको बताउँछिन् । 

प्रस्तुति : सिर्जना दुवाल श्रेष्ठ

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्