आलु चिल्ली

नारी संवाददाता

जेष्ठ २६, २०७३ 

ट्रेण्डी क्याफे, बालुवाटार

चाहिने सामग्री

फ्राई आलु, प्याज, भेंडे खुर्सानी, टमाटर, लसुन आवश्यक मात्रामा, अदुवा चाहिने मात्रामा, मसला स्वादअनुरूप, टमाटर सस, नुन स्वाद अनुरूप, हटसस आवश्यक मात्रामा ।

बनाउने तरिका

आलु तथा टमाटरलाई डाइस आकारमा काट्ने । डाइस आलुलाई डिप फ्राई गर्ने । त्यसपछि अर्को भाडामा तेल बसालेर प्याज, टमाटर तथा लसुनलाई राम्रोसँग भुट्ने । त्यसमा फ्राई गरिएको डाइस आलु राखेर चाहिने सामग्री सबै मिसाएर एकछिन पकाउने । आलु चिल्लीलाई सलादसँग गार्निस गरेर पस्कन सकिन्छ । आलु चिल्लीको मूल्य ट्रेण्डीमा रु. १९५ पर्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्