जोहेब मानन्धरको सांगीतिक यात्रा

सरस्वती कटुवाल

जेष्ठ २३, २०७३ 

नेपाली गायन क्षेत्रमा २० वर्षदेखि अनवरत सक्रिय जोहेब मानन्धरले यो अवधीमा निकै आरोह–अवरोह भोगेका छन् । काठमाडौंको पकनाजोलमा जन्मिएका यी गायकसँग संगीतकै सेरेफेरोमा रही गरिएको संक्षिप्त कुराकानी :

 

गीत गाउन कहिले सुरु गर्नुभयो ?

बाल्यकालदेखि नै कविता कोर्न तथा बाचन गर्न मन लाग्थ्यो । रेडियो नेपालमा बाल कार्यक्रममा जान्थेँ  । ५० को दशकमा मेरो एल्बम ‘ट्यालेन्ट’ रिलिज भयो र त्यसैले मलाई स्थापित गरायो ।

तपाईंको गीतको विशेषता के छ ?

मेरो गीतको शब्दमा मौलिकता हुन्छ । हरेक गीत फरक–फरक स्वादमा छन् । गीत विषयमा प्रवेश गरी बगेको हुन्छ ।

अहिले केमा व्यस्त हुनुहुन्छ ?

आफूले गाएका गीतको भिडियो तयार पार्न व्यस्त छु ।

नेपाली संगीत क्षेत्रमा आफ्नो छवी कस्तो छ जस्तो लाग्छ ?

म पृथक् तथा स्टाइलिस गायकको रूपमा चिनिएको छु ।

सांगीतिक क्षेत्रलाई कुन रूपमा लिनुभएको छ ?

म निरन्तर संगीत क्षेत्रमा लागिरहेको छु । २०५७ सालमा पहिलो इमेज अवार्ड हात पारेँ । ‘म यस्तो गीत गाउँछु’ बोलको गीत चर्चित बन्यो । सफलता साधानाबाट प्राप्त हुन्छ । संगीतलाई रहर पूरा गर्ने माध्यम मात्र बनाउनुहुदैन । संगीतमा साधनाको ठूलो भूमिका हुन्छ ।

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्