कुल्फी संसार

सृजना तामाङ

जेष्ठ ९, २०७३

नयाँ वर्षको सुरुवातसंगै काठमाडौं लगायत विभिन्न ठाउँमा अत्याधिक गर्मी बढी सकेको छ । दिउँसो प्रचण्ड घाम चर्किने र विहान बेलुका चिसो हुने । विहानबेलुका चिसो भएपनि दिउँसोको गर्मी छल्न मानिसहरु विभिन्न उपाय अपनाउँछन् । विभिन्न ठाउँमा घुम्छन् भने काठमाडौंसंग जोगिएको जिल्ला भक्तपुरमा रहेको कुल्फी संसारको भने आफ्नै छुट्टै संसार छ । “कुल्फी” कुल्फी भन्ने वित्तिकै कतिलाई त स्वादिलो चिसो वरफ हो भन्ने बुझिन्छ । हो यो चिसो वरफ नै हो ।

भक्तपुरको दरवार स्क्वायरमा रहेको “कुल्फी संसार” पसलमा अहिले अत्याधिक गर्मीमा दैनिक ५०० देखि १००० वटा सम्म कुल्फी विक्री हुने गर्दछ । २०४२ सालमा आफ्नै घरबाट सानो व्यापार गने सोच लिएका दिनेश बाबु हाडाले सुरु गरेको झण्डै ४ दशक हुन लागि सक्यो । दरवार स्क्वायरको सानो गल्लीमा रहेको यो “कुल्फी संसार” मा त्यसबेला पनि ग्राहकहरुका निकै चाप हुने गथ्र्यो रे भनी दिनेश बाबु हाडा बताउँछन् । विस्तारै २०४६ सालमा गल्लीबाट दरवार स्क्वायरको मुख्य चोक छेउमा सबैले देखिने ठाउँमा यो “कुल्फी संसार” सरेको थियो ।

भक्तपुरका नितु साख कुल्फी संसारको दैनिकिय ग्राहक हो । जो दिनहुँ झै कुल्फी खानकै निम्ति कुल्फी संसार आउने गर्दछ । जहाँ पाउँ, गुादपाक, दही आदी पनि पाउन गर्छ तर म यहाँ कुल्फी खानको निम्ति मात्र आउने गर्छु किनभने यहाँ अरु भन्दा स्वादको मजा लिईलिई र वातावरणको खुसीखुी कुल्फी खान सकिन्छ । त्यस्तैगरी जाडो महिना होस् या गमी महिना कुल्फी भनेको कुल्फी नै हो कुरा बताउँछिन् कमलविनायककी १९ बर्षिय निलु प्रजापति ।

नामै त कुल्फी संसार जहाँ आफ्ना साथीभाईसंग, घरपरिवारसग गई कुल्फीको स्वाद लिनु जस्तो रमाइलो क्षण अरु केही हुन्न होला । र उनी कुल्फी संसारको कुल्फी खान पल्केको करिब ५ वर्ष भइसकेको बताउँछिन् । एउटा कुल्फीको त्यसबेला ५० पैसामा विक्री गरिन्थ्यो भने अहिले त्यही एउटा कुल्फीको ३० रुपियाँ सम्म पर्दछ । कुल्फी खानको लागि सधैं आउने ग्राहकहरु त छदैछ त्यसमा पनि भक्तपुर घुम्न आउने स्वदेहशी तथा विदेशी पर्यटक पनि यस कुल्फीको पारखी नै बनेका छन् ।

“कुल्फी संसारका” संचालक दिनेश बाबु हाडा कुल्फीमा विभिन्न स्वाद भर्न निक्कै खप्पीस रहेको उनको भाई सुरेश बाबु हाडा बताउाछन् । कुल्फी पारखीको स्वाद र ध्यानलाई मध्यनजर गरेर उनी विभिन्न स्वादमा कुल्फी बनाउँछन् । तितौरा, पाउँ, गुादपाक र कुल्फी संगसंगै सुरु गरेको व्यापारमा पाउँ, गुादपाक भन्दा पनि कुल्फीमा फड्को मारेको सुरेश बताउँछन् । भक्तपुरमा कुल्फी बनाउने मशिन भित्र्याउने उनी नै पहिलो हुन् । गर्मीमा दैनिक १५ देखि २० हजार सम्म कुल्फी बिक्री हुने सुरेश बाबु हाडा बताउँछन् । कुनै पनि काम सानो वा ठुलो नहुने र आफ्नो काममलाई निरन्तरता दिन सक्नु नै जीवनको सफलता मान्छन् सुरेश बाबु हाडा । मानिसहरु छिट्टै मुनाफा कमाउने हेतुले व्यापार गर्छन् र केही समयमै त्यो व्यापार छोड्छन् त्यसो गर्दा व्यापारमा दिगोपन नआउने र सफल पनि नहुने सुरेश बताउँछन् । व्यापारमा सफल हुनु उनको लगनशिलता र निरन्तरता नै यसको बताउने हाडाका स–परिवार अहिले यसै व्यवसायमा लागिरहेका छन् । 

 

तस्विरहरु: नवराज वाग्ले

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्