सविना खड्का, सिइओ, वादी कस्मेटिक

नारी संवाददाता

वैशाख २७, २०७३

देशका सबै नागरिकले आफ्नो पहलमा केही न केही गरिरहेका हुन्छन् र गर्नु पनि पर्छ किनभने हरेक नागरिक देशका ऋणी हुन् । यस्तो ऋणबाट मुक्त हुन सकिँदैन तर केही योगदान भने दिन सकिन्छ । तसर्थ हामीले सदैव एक सभ्य नागरिकको जिम्मेवारी पूरा गर्नुपर्छ । मैले सौन्दर्य क्षेत्रमा काम गर्न थालेको करिब एकदशक भैसकेको छ । अहिले मैले ४० जना दिदीबहिनीलाई रोजगारी दिइरहेकी छु । म भन्सार कर सबै भुक्तानी गरेर सही तरिकाले सामान ल्याउँछु । म नियमित कर तिर्छु र सही मूल्यमा  सामान बजारसम्म पुर्‍याउँछु । घरायसी वातावरण राम्रो बनाउन स–साना कुरालाई वास्ता गर्दिन । समाजमा अराजकता उत्पन्न हुने काम गर्दिन । म आफ्नो घर तथा समाजलाई सफा बनाउन सदैव तत्पर हुन्छु । अनावश्यक रूपमा इन्धन खेर फाल्दिन । मैले बिनालाइसेन्स तथा कागजात कहिल्यै गाडी चलाएकी छैन । ट्राफिक नियमलाई कहिल्यै बेवास्ता गर्दिन । आफूले पनि राम्रो संस्कार पाएकाले जीवन अघि बढाउन सजिलो भएको छ भने छोरीलाई पनि म राम्रो संस्कार दिन्छु । म कसैको दु:ख देख्न सक्दिन, सक्दो सहयोग गर्छु । म सानो प्रयासले नै परिवर्तन सम्भव छ भन्ने कुरामा विश्वास गर्छु ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्